scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, March 13, 2008

अन्नपर्ूण्ा पदयात्रा मार्गमा साइकल दौड तथा म्याराथन



बेसीशहर- विश्वका १० उत्कृष्टमध्ये एक अन्नपर्ूण्ा पदयात्रा मार्गमा साइकल दौड तथा म्याराथन प्रतियोगिता शनिबार बेसीशहरबाट शुरु भएको छ ।
२४ जना साइकल दौड प्रतियोगि तथा म्याराथन धावकहरु प्रतियोगितामा सहभागी छन् । जसमध्ये ४ जना विदेशी नागरिक र ५ जना महिला छन् । लमजुङको सदरमुकाम बेसीशहरबाट शुरु भएको साइकल दौड तथा म्याराथन प्रतियोगिता खुदी, भुलभुले, बाहुनडाँडा, ताल, मनाङको चामे, थोराङ फेदि, जोमसोम हुँदै आठौं दिन म्याग्दीको बेनीबजार पुगी समापन हुने छ । प्रतियोगिताको आयोजक नेपाल साइक्लिङ एशोसिएशनका अध्यक्ष छिमी गुरुङले विश्वकै उत्कृष्ट पदयात्रा मार्गमा 'स्पोर्ट टुरिजम' को विकास गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
सगरमाथा क्षेत्रमा एभरेष्ट म्याराथन आयोजना भएजस्तै अन्नपर्ूण्ा पदयात्रा मार्गमा खेलकुद पर्यटन विकासको सम्भावना अत्याधिक रहेकाले कार्यक्रम आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।
गत बर्षआयोजित म्याराथन दौडमा हरि रोका प्रथम भएका थिए । गत बर्षटप टेनमा परेका सोनाम गुरुङले यसपटक आफू अगाडि आउने आशा ब्यक्त गरे । एभरेष्ट म्याराथनमा ४ पटक भाग लिई ३ पटक प्रथम भएकी यङदी शर्ेपाले आफू पहिलो पटक अन्नपर्ूण्ा पदयात्रा मार्गको प्रतियोगितामा भाग लिएको बताउँदै भनिन्- म यहाँ पनि प्रथम हुनेछु । अन्नपर्ूण्ा पदयात्रा मार्गको ६० प्रतिशत दुरीमा साइकल चलाउन सकिन्छ भने बाँकी भागमा साइकल बोकेर हिँड्नर्ुपर्छ ।
दुवै प्रतियोगितामा प्रथम हुनेलाई ५ सय पाउण्ड - करीब १ लाख ५५ हजार रुपैयाँ) पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएका छन् ।


No comments:

Post a Comment