
नेकपा एमालेका महासचिव माधव कुमार नेपालले नयाँ नेपाल निर्माण गर्नका लागि लोकतान्त्रिक गणतन्त्रका पक्षधरलाई जिताउन आग्रह गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी लमजुङले शनिबार सदरमुकाम बेसीशहरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महासचिव नेपालले एक युगमा एक पटक आउने संविधानसभा निर्वाचनलाई विश्वभर नमूनाको रुपमा प्रस्तुत गर्नुपर्ने बताए । संविधान सभाको निर्वाचन पछि नेपालमा नयाँ युगको शुरुवात हुने उनले बताए ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन, नयाँ नेपाल निर्माण गर्न यदि माओवादीले चाहेको हो भने डर धम्कीको राजनीति त्यागेर लोकतान्त्रिक मूल्य मान्यता अपनाउन उनले आग्रह गरे ।
'अब जनतालाई तर्सर्ााे दिन गए, अझै पनि तर्सर्ाा खोजे जनताले तिनलाई तिरष्कार गर्नेछन्'- महासचिव नेपालले भने ।
सिंगो देशले शान्तिको अपेक्षा गरेकोले हिंसा, हत्या, बन्द र हड्ताल छोडेर शान्तिको नयाँ युग शुरु गर्नुपर्ने बताउँदै महासचिव नेपालले त्यसका लागि संविधानसभाको निर्वाचन अपरिहार्य भएको बताए । चुनावको उद्देश्य देशमा शान्ति र गणतन्त्र स्थापना गर्ने भएकाले केन्द्रिकृत राज्यको अन्त्य गरी संघात्मक नेपालको निर्माण गर्न संविधानसभा आवश्यक रहेको चर्चा गर्दै उनले मुलुकले खोजेको संविधान निर्माण गर्न एमालेलाई भोट दिन आग्रह गरे । विगतमा नेपालमा धेरै संविधान बने पनि चैत्र २८ को निर्वाचन पछि बन्ने संविधान मात्र जनताले बनाएको संबिधान हुने हुँदा त्यसले सबै आकांक्षा पूरा गर्ने उनले दावी गरेे ।
महासचिव नेपालले संविधानसभाको निर्वाचनमा शान्ति र लोकतान्त्रिक गणतन्त्रका हिमायतीहरुसंग चुनावी तालमेल हुनसक्ने खुलासा पनि गरे । तालमेलको लागि हामी तयार छौ जिल्ला र ठाउँ हेरेर अन्य शक्तिसंग तालमेल गर्न सकिन्छ, तर लमजुङका लागि हुँदैन उनले स्पष्ट पारे ।
माओवादीप्रति इंगित गर्दै उनले भने हामी जनतालाई तर्सर्ाादैनौ, हातखुट्टा भाँच्दैनौ, जनताको सम्पत्ति लुट्दैनौं र जवर्जस्ती जनताको घरमा पसेर सताउँदैनौ ।'
सभालाई सम्बोधन गर्दै लमजुङ क्षेत्र नं. २ का एमाले उमेदवार तथा पर्यटन मन्त्री पृथ्वीसुब्बा गुृरुङले साँचो अर्थमा नेपाललाई सबै वर्ग समुदाय, भाषा भाषी, जाति र लिङ्गको साझा फूलवारी बनाउने हो भने एमालेलाई भोट दिन आग्रह गरे ।
नेकपा एमाले जिल्ला कमिटि लमजुङका उपसचिव जमीन्द्रमान घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य त्रिलोचन ढकाल, कृषिमन्त्री छविलाल विश्वकर्मा, नेकपा एमाले क्षेत्र नं. १ का उमेदवार मायानाथ अधिकारी, संविधानसभामा समानुपातिक तर्फा उमेदवारहरु डा. भीष्म अधिकारी डी.वी. कार्की, टुका हमाल, आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पासाङ शर्ेपालगायतका वक्ताले निर्वाचनमा नेकपा एमालेका उमेदवारलाई जिताउन आग्रह गरेका थिए ।
No comments:
Post a Comment