scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 25, 2008

प्रथम भजुङ महोत्सव सम्पन्न


भुजुङ- लमजुङ हिमालको काखमा रही एक गाउँ एक गाविसको रुपले देशभर परिचित भुजुङ गाउँलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले प्रथम भुजुङ महोत्सव २०६४ शनिबारसम्पन्न भएको छ ।
'ग्रामीण पर्यटन गाउँ भुजुङको आकर्षा, सांस्कृतिक सम्पदा र कला संस्कृतिको संरक्षण' भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा स्वदेशी तथा विदेशी गरी करीब १० हजार जनाले अवलोकन गरेका आयोजकले बताएका छन् ।
लमजुङ हिमालको काख, मिदीम खोलाको छेउमा प्रकृति तथा सांस्कृतिले भरिपर्ूण्ा भुजुङ गाउँमा ४०० घरधुरी एकै ठाउँमा गुजुमुज्ज परि बसेका छन् ।
परम्परागत र जीवन्त गुरुङ संस्कृतिको खानी भुजुङमा पहिलो पटक आयोजना गरिएको महोत्सवमा यिनै सम्पदाको पर््रदर्शन गरिएको थियो । लोपोन्मूख कुुुसुण्डा घाँटु, सर्ेगा, कृष्णचरित्र, सर्ेगा, ध्याप्री, पच्यू, सोरठी जस्ता सांस्कृतिक नृत्य, अल्लो, सिस्नो, निगाला, लोक्ताबाट बनेका हस्तकलाका सामग्री महोत्सवमा पर््रदर्शन गरिएको थियो ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको सांगीतिक कार्यक्रम प्रमुख आकर्षाको केन्द्र बनेको थियो । खराब मौसमका कारण त्रिभुवन विद्याश्रम मा.विको प्राङ्गणमा आयोजना गरिएको शुक्रबारको कार्यक्रम प्रभावित भएपछि तल गाउँमा सारिएको थियो ।
महोत्सवमा जिल्ला सामुदायिक अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । शिविरमा दम, रुघाखोकी, ज्वरो, छाला, दाँत, लगायतका रोगको उपचार भएको र करीब ५० हजार रुपैयाँ बराबरको औषधी निःशुल्क वितरण गरिएको थियो ।
हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले महोत्सवमा भुजुङको बारेमा रचिएका कविता वाचन गरेर महोत्सवलाई कवितामय बनाएको थियो । प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेको नेतृत्वमा गएको १८ जना कवि कवियत्रीहरुको टोलीले भुजुङका प्रकृति तथा संस्कृति झल्कने कविता, गीत, गजल सोही स्थानमा रचना गरी पाठ गरेका थिए ।

No comments:

Post a Comment