scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 25, 2008

कुन दल कति समावेशी


संविधानसभा निर्वाचनमा समावेशी र समानुपातिक उमेदवारका कुरा चर्का रुपमा उठेका छन् । दलहरुले भाषणमा चर्का कुरा बोल्ने गरेपनि ब्यवहारतः कांग्रेसबाहेक लमजुङका अरु दलले महिला, दलित, अल्पसंख्याक र पिछडिएका वर्ग, जनजातिलाई मिलाउन सकेका छैनन् ।
कांग्रेसले प्रत्यक्ष निर्वाचन अर्न्तर्गत जिल्लाका दुवै क्षेत्रमा जनजाति उमेदवार खडा गरेको छ । कांग्रेसबाट क्षेत्र नं. १ मा तुलसी नारायण श्रेष्ठ र क्षेत्र नं. २ मा दीलबहादुर र्घर्ती चुनावी मैदानमा उत्रेका छन् । त्यस्तै समानुपातिकतर्फसानुमाया गुरुङ -महिला/जनजाति), ज्ञानु शाह-महिला), कोपिला वि.क. -महिला/दलित),रामबहादुर गुरुङ-जनजाति) भीमबहादुर दुरा-जनजाति/अल्पसंख्याक) उमेदवार छन् ।
त्यस्तै नेकपा एमालेले क्षेत्र नं. १ मा मायानाथ अधिकारी र क्षेत्र नं. २ मा जनजाति उमेदवार पृथ्वीसुब्बा गुरुङलाई खडा गरेको छ । समानुपातिकतर्फकेशवलाल श्रेष्ठ-जनजाति), टुका हमाल-महिला) र डी.वी. कार्की उमेदवार छन् । त्यस्तै नेकपा माओवादीले क्षेत्र नं.१ मा जनजाति उमेदवार बुद्धिराम तमु र २ मा महिला उमेदवार मधु अधिकारीलाई मैदानमा उतारेको छ । माओवादीले समानुपातिकतर्फऋषिराम पौडेल, सुमित्रा वि.क-महिला/दलित) र पर्ूण्ाबहादुर तमु-जनजाति) उमेदवार बनाएको छ ।

No comments:

Post a Comment