scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 25, 2008

एस एल सी परीक्षा शुरु


बेसीशहर- यस बर्षो एस.एल.सी. परीक्षा सोमबारबाट शुरु भएको छ । परीक्षामा जिल्लाभरका गरी नियमिततर्फ २ हजार ५ सय ८५ जना र एक्जाम्टेड तर्फ५ सय ७० जना सहभागी भएका छन् ।
परीक्षाका लागि जिल्लाभर कूल १८ वटा परीक्षा केन्द्र तोकिएका छन् । जसमध्ये १४ वटा ग्रामीण भेगमा र बाँकी बजार क्षेत्रमा कायम गरिएको छ ।
सदरमुकाम बेसीशहरका लागि भू.पू.सैनिक आवासीय उच्च मा.वि. र जनविकास उच्च मा.वि.मा परीक्षा केन्द्र तोकिएको छ । अन्य केन्द्रहरुमा भक्ति नमूना उच्च मा.वि. भोटेओडार, फ्युचर स्टार आ.मा.वि. भोटेओडार, जनकल्याण उ.मा.वि चितीर्,र् इशानेश्वर उ.मा.वि. भोर्लेटार, आदर्शबाल उ.मा.वि. सुन्दरबजार, अमर उ.मा.वि. खुदी, वीरभक्ति उ.मा.वि. तार्कुघाट, शैलपुत्री उ.मा.वि. धमिलीकुवा छन् ।
त्यसै गरी अन्य परीक्षा केन्द्रहरुमा भैरवकाली उ.मा.वि. रम्घा, ज्ञानोदय मा.वि. साइलीटार, सूर्योदय मा.वि. भारते, सर्वोदय उ.मा.वि. दुराडाँडा, जनज्योति मा.वि. बाग्लुङपानी, बालकल्याण मा.वि. भकुण्डे, शान्ति उ.मा.वि कुन्छा र मंगला उ.मा.वि. सोतीपसल छन् ।
निर्धारीत १८ वटा मतदान केन्द्रहरुमध्ये सबैभन्दा बढी परीक्षार्थी सर्वोदय उच्च मा.वि दुराडाँडामा २ सय ५८ जना परीक्षार्थी छन् भने सबभन्दा कम फ्यूचर स्टार आ.मा.वि भोटेओडारबाट १ सय ७ जना परीक्षार्थीहरुले परीक्षा दिँदै छन् ।
एस.एल.सी. परीक्षाका लागि सम्पर्ूण्ा तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परीक्षा विहान ८ बजेदेखि शुरु हुनेछ ।
परीक्षालाई मर्यादित र व्यवस्थित रुपले सञ्चालन गर्न तथा परीक्षामा सुरक्षा व्यवस्था कडा बनाउन आवश्यक सबै तयारी पूरा गरिएको जिल्ला शिक्षा कार्यालय लमजुङले जनाएको छ ।

No comments:

Post a Comment