scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, March 6, 2008

नमूना पुस्तकालयमा पाठकहरुको भीड


बेसीशहर- यहाँ सञ्चालित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयमा पाठकहरुको भीड बढ्न थालेको छ ।
२०२८ सालमा स्थापना भई बन्द रहेको लक्ष्मीनारायण पुस्तकालयलाई २०५४ सालमा पुनर्स्थापना गरिएको थियो । गत बर्ष अन्तर्रर्ााट्रय गैरसरकारी संस्था रिड नेपाल, जिल्ला विकास समिति लमजुङ, स्थानीय गाविस तथा विभिन्न संघसंस्थाको आर्थिक सहायता गरी झण्डै ४० लाख रुपैयाँको लागतमा सुबिधा सम्पन्न ३ तले भवन निर्माण गरिएपछि पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन हुन थालेको हो । अहिले उक्त पुस्तकालयमा बालबालिका देखि बृद्धहरुसमेत अध्ययन गर्न आउँछन् । अहिले यो पुस्तकालयमा सामान्य ज्ञान, धर्म, दर्शन, विज्ञान, सामाजिक विज्ञान, भाषा साहित्य, राजनीति, मनोविज्ञान, कला, इतिहास, भूगोल लगायतका विषयका ४ हजार पुस्तक, राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका उपलब्ध छन् । पुस्तकालयमा बाल कक्ष, श्रव्य दृष्य कक्ष, अध्ययन कक्ष, सूक्ष्म अध्ययन कक्ष आदिको व्यवस्था गरिएको छ । निकट भविष्यमै पुस्तकालयलाई पर्ूण्ारुपमा सूचना केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको पुस्तकालयका अध्यक्ष गणेशप्रसाद न्यौपाने बताउछन् । बिहान १० बजेबाट बेलुका ५ बजेसम्म खुल्ने यो पुस्तकालयमा विशेष गरी स्कूल तथा क्याम्पसका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।
खेल्ने, पढ्ने र ज्ञान हासिल गर्न एकै ठाउँमा पाइने भएपछि पुस्तकालय बालबालिकाको पनि अकर्षाको केन्द्र बनेको छ । र्सार्वनजनिक विदाको दिन दिनभरि पुस्तकालय खुल्ला रहने हुँदा विद्यार्थी, शिक्षकहरुको भीड लाग्ने गरेको देखिन्छ । हिजो आज अभिभावकहरु समेत आफ्ना बालबालिकालाई पुस्तकालय जानका लागि अभ्रि्रेरित गर्ने गरेका छन् ।
कतिपय विद्यालयले शैक्षिक भ्रमण गर्न विद्यार्थीहरुलाई सो पुस्तकालयमा ल्याउने गरेका छन् । बालबालिकालाई पढ्नेदेखि खेल्ने सामग्रीहरु पनि पुस्तकालयमा उपलब्ध भएका कारण बालबालिकाहरु पनि पुस्तकालयतर्फअकषिर्त भएका छन् । पुस्तकालयका उपाध्यक्ष तर्ीथ न्यौपाने नेपालकै नमूनाको रुपमा पुस्तकालय सञ्चालन गर्ने र प्रत्येकलाई पढ्ने बानी बसाल्ने लक्ष्य पुस्तकालय सञ्चालक समितिले राखेको बताउछन् ।


No comments:

Post a Comment