scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, March 6, 2008

दोश्रो राइनासकोट महोत्सव शुरु


संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पृथ्वीसुब्बा गुरुङले क्षेत्रीय, जातिय र सामाजिक सद्भाव कायम गर्दै नेपाललाई विश्वकै सुन्दर राष्ट्रको रुपमा चिनाउनुपर्ने बताउनु भएको छ । लमजुङको राइनासकोटमा आयोजित दोश्रो राइनासकोट महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले चैत्र २८ गते हुने संविधानसभाको निर्वाचन पछि नयाँ र सुन्दर नेपालको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
ऐतिहासिक र धार्मिक महत्व बोकेको लमजुङको राइनासकोट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले राइनासकोट क्षेत्र पर्यटन विकास समितिको आयोजनामा दोश्रो राइनासकोट महोत्सव २०६४ बिहीबारबाट शुरु गरिएको हो ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय राइनासकोट जाऔं, दोश्रो राइनासकोट महोत्सवमा सहभागि भई प्रकृति र संस्कृतिमा रमाऔं भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय कला संस्कृति झल्कने, घाँटु, सोरठी, चुड्का, बालुन, सर्ेगा लगायतका साँंस्कृतिक झलकहरु प्रस्तुत गरिएका थिए । महोत्सवमा स्थानीय घरेलु उत्पादन, हस्तकलाका सामाग्रीहरुको पर््रदर्शनी, खेलकुद प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

No comments:

Post a Comment