scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, March 6, 2008

घलेगाउँ र्सार्क राष्ट्रको नमूना गाउँमा छनोट



बेसीशहर- प्राकृतिक तथा सांस्कृतिक रुपमा सम्पन्न 'घलेगाउँ' लाई र्सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरुको नयाँ दिल्ली वैठकले नमूना गाउँको रुपमा छनोट गरेको छ ।
नेपालको रमणीय ग्रामीण पर्यटकीय गाउँहरु घलेगाउँ घान्द्रुक र सिरुवारी गत भदौ महिनामा र्सार्क राष्ट्रमा नमूना गाउँको निम्ति सिफारिसमा परेका थिए । जसमध्ये घलेगाउँ छनोट भएको थियो । ११५ घर र २ हजार जनसंख्या रहेको घलेगाउँमा घले, गुरुङहरुको बसोबास छ । लमजुङ हिमालको काखमा रहेको अत्यन्त रमणीय घलेगाउँबाट सूर्योदय तथा सर्ुयास्तको मनोरम दृष्य र अन्नपर्ूण्ा, लमजुङ हिमाल, माछापुच्छ्रे, गणेश हिमाल, मनास्लु लगायतका १ दर्जन हिमश्रृंखला स्पष्ट देख्न सकिन्छ ।
चिया वगान, ऐतिहासिक गुरुङ संग्राहलय, उत्तरकन्या मन्दिर, फुटवल मैदान, सामूहिक भेडापालन, स्थानीय परम्परागत गुरुङ संस्कृति, त्यहाँका आकर्षा हुन् । समुद्री सतहबाट २१०० मीटरको उचाइमा रहेको घलेगाउँ मा अहलिे दैनिक १५/२० जना पर्यटक आउने गरेका छन् ।स्थानीय हस्तकला, ऊनबाट बनाइएका राडी, पाखी, बख्खु, स्वीटर, अल्लोको धागोबाट बनाइएका भाँग्रा, झोला तथा हस्तकलाका सामानका लागि पनिघलेगाउँमा प्रसिसद्ध छ ।

No comments:

Post a Comment