scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 25, 2008

सुलसुले.......


पुरानो नेपाललाई नयाँ नेपाल बनाउन घम्साघम्सी गरिरहेका राइनीतिक दलहरु आजैदेखि समानुपातिकको रन्कोमा परेका छन् । केन्द्राँ बल्भिmँदो राइनीति जिल्लाँ आइपुग्नु त स्वभाविकै हो । अचेल त हृवाँ सुन्नमा नआएका कुरा पनि हृयाँ सुन्न, देख्न र भोग्न पाइया'छ । यसमानेमा लमजुङे जनता बडो भाग्यमानी रै'छन् भन्ने सुलसुलेलाई लाग्या छ । साँच्चै हो, नएँ नेपाल बनाउन सप्पै क्षेत्राँ समानुपातिक समावेशी नीति अपनाउनु पर्छ भन्ने राम्ररी बुझेका राइनीतिक दलमा लमजुङका दल अब्बल देखिया'छन् । उहिले खानेपानीको, बाल्ने पानीको सिट भाग लाउने देखि लिएर अचेल हुँदो विकासे गतिविधि र मुबाइलको सिम, रिम, हुँदै एस्.एल्.सी. जाँचको सुपरटेन बन्नसम्म भागवण्डाको हृयाकुलो खाइयो भन्ने. सुन्दा यो सुलसुलेलाई उदेक लागेर आको छ । आफ्नै खेत भत्काउने पानी हर्ेर्ने किसान, पानी खान नपा'र सुक्ने किसान, विकास नपा'र रुङ्ने किसान, सिम र रीमलाई रातभरी रुङ्ने किसान, आफू नखाइ छोरा छोरी पढाउने किसान । र्सवसाधारण अनि यी सप्पैको भाग लिने ठाम्मा पनि तलाईँ यति मलाई यति भनेर पदको भाग लागेकोे घोइरो घोइरो कुरा सुन्दा सुलसुलेले उदेक मानेको छ । हुँदा हुँदै यो भागवण्डा र समानुपातिकको काइते दृष्टान्त केन्द्राँ पुगेर तेरो विद्यार्थी यति पास , मेरो विद्यार्थी यति पास भनेर भाग लाग्न के बेर - यदि यो सुलसुलेको अड्कल सही भयो भने त राइनीतिको झोला नबोक्ने विद्यार्थी त फलामे ढोकाबाट बाहिरको बाहिरै हुने भएन त ! कि कसो -

No comments:

Post a Comment