बेसीशहर- हिमालचुली कला साहित्य प्रतिष्ठानले पुरानोकोटबाट पर्यटन साहित्य यात्रा शुरु गर्ने भएको छ ।
आगामी चैत्र ८ र ९ गते हुने सो साहित्य यात्रामा प्रतिष्ठानका सदस्य, अन्य साहित्यिक ब्यक्तित्वहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहने बताइएको छ ।
जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुलाई दुनियाँ माझ परिचित गराउँदै त्यहाँका सभ्यता, भाषा, साहित्य, धर्म संस्कृति र सामाजिक जनजीवनलाई उत्थान गर्ने उद्देश्यले साहित्य यात्रा गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले बताएका छन् ।
साहित्य यात्राले ज्ञान, मनोरञ्जन प्राप्त हुनुका साथै स्थानीय ठाउँको उत्थानसमेत हुने अपेक्षा गरिएको छ । कार्यक्रमका लागि विभिन्न सामाजिक तथा विकासे संघ संस्थासंग सहयोगको आग्रह गरिएको छ । यात्राका क्रममा देखिएको प्राकृतिक, सांस्कृतिक धार्मिक, पुरातात्विक तथा सामाजिक दृष्यहरुबारे तत्काल साहित्य रचना गरेर वाचन गरिने प्रतिष्ठानका प्रवक्तार् इश्वर पाण्डेले बताएका छन् ।
प्रतिष्ठानले जिल्लाको भाषा, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रको संरक्षण र सर्म्बर्द्धनका लागि विभागीय मन्त्री पृथ्वीसुब्बा गुरुङसंग कार्यपत्र पेश गर्दै सहयोग मागेको थियो । त्यसैगरी गएको मंसिर अन्तिम साता दाईँ साहित्यको आयोजनासमेत गरेको थियो ।
No comments:
Post a Comment