बेसीशहर- नेपाल पत्रकार महासंघ लमजुङ शाखामा जारी विवाद मिलाउन दोस्रो पटक तीन सदस्यीय केन्द्रीय टोली आउने भएको छ । केन्द्रीय टोली पुनः आउने भएपछि शाखाको विवादसम्बन्धी मुद्दाले कुन मोड लिने हो भन्ने र्सवत्र चासो बढ्न थालेको छ ।
शिाखाको किर्ते माइन्युट बनाई केही ब्यक्तिहरुलाई सिफारिस बेगर सदस्यता दिइएकोे विषयमा ब्यापक विवाद उठेपछि गत माघ २२ गते चलेको अधिवेशन सम्पन्न हुन नसकी स्थगित भएको थियो । लमजुङ शाखाको विवाद छानवीन गर्न र सकेसम्म सुल्झाउन भनि केन्द्रबाट उपसभापति शिव गाउँले र सचिव बलराम बानिया लमजुङ आए पनि उनीहरुले विवाद सुल्झाउन नसकी त्यसै फर्केका थिए ।
महासंघको नक्कली माइन्युट बनाई शाखामा केही सदस्य थपिएको र शाखाले सिफारिस गरिएका ब्यक्तिहरुलाई सदस्यताबाट बञ्चित गरिएको विषयमा शाखाका १२ जना सदस्यहरुले गम्भीर हुन केन्द्रीय समितिलाई आग्रह गरे पनि केन्द्रीय समिति मौन बसेको थियो ।
यसअघि छानवीनका लागि आएको केन्द्रीय टोलीले समेत विवाद नमिलाए पछि शाखाका १२ सदस्यले अदालत जाने चेतावनी दिएका थिए ।
No comments:
Post a Comment