प्रमुख राजनीतिक दलहरुले संविधान सभाको निर्वाचनको प्रचार प्रसारका क्रममा मानवअधिकार तथा निर्वाचन आचारसंहिताको पर्ूण्ा रुपले पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार बेसीशहरमा इन्सेकले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख तीन दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
एक युगमा एक पटक आउने संविधानसभाको निर्वाचनलाई सफल बनाउनका लागि दलहरुबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा उनीहरुले जोड समेत दिएका छन् ।
छलफल कार्यक्रमको अवसरमा नेपाली कांग्रेसका आनन्द घिमिरेले गत चैत्र १३ गते वाइसिएलले आफ्नो पार्टर्ीी उमेदवार तुलसी नारायण श्रेष्ठलाई चुनावी प्रचारका क्रममा जाँदा डाँडामाथिबाट ढुंगा हानी निर्वाचन प्रचार प्रसारमा अवरोध पुर्याएको बताएका थिए । साथै बुधवार पुरानाकोट गाविसमा एमाले कार्यकर्ताहरुले कांग्रेेसका कार्यकर्ता बृषराज गुरुङलाई सख्त घाइते बनाइ भीरबाट लडाइदिने धम्कीसमेत दिएका उनले बताए ।
कांग्रेसले निर्वाचन प्रचार प्रसारका क्रममा कुनै किसिमको मानवअधिकार र आचार संहिता उल्लंघन नगरेको उनको दावी थियो ।
कार्यक्रममा एमालेका धनञ्जय दवाडीले एमाले आचार संहिता पालना गर्न प्रतिबद्ध रहेको बताउँदै माओवादीले मतदान केन्द्रहरुमा समेत भित्तेलेखन गरेकोमा आपत्ति जनाएका थिए । निर्वाचन प्रचार प्रसारको क्रममा माओवादी कार्यकर्ताले बुधवार नौथरका रमेश अधिकारी र ढोडेनीका पर्ूण्ा भारतीलाई सख्त घाइते बनाएका र गणेश नेपालीलाई अपहरण गरी ६ घण्टा पछि रिहा गरेका जानकारी दिए ।
माओवादी लमजुङका इञ्चार्ज देवेन्द्र पराजुलीले आफ्नो पार्टर्ीीट निर्वाचन आचार संहिता उल्लंघन भएको स्वीकार्दै भित्ते लेखन र वाल माओवादी पार्टर्ीीे आवश्यकता र बाध्यता भएको स्वीकार गरे । कतिपय स्थानका भित्तेलेखन मेटिए पनि कतिपय स्थानमा चुनाव प्रचारको व्यस्तताले मेट्न नसकिएको उनले प्रष्ट पारे । उनले अन्य पार्टर्ीी भोज भतेर गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको समेत आरोप लगाएका थिए ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष बालकृष्ण बराल, बार अध्यक्ष गुमानसिंह अर्याल लगायत सञ्चारकर्मी तथा विभिन्न संस्थाका प्रतिनिधिहरुले आसन्न निर्वाचन सरकार बनाउन नभै संविधान बनाउन हुन लागेकाले सबै पार्टर्ीीले आपसमा सम्बन्ध सुदृढ बनाउँदै संविधान सभा सफल बनाउन लाग्नुपर्ने बताएका थिए । निर्वाचनमा मतदाताहरुले स्वतन्त्र र निर्भयपर्ूवक मतदान गर्न पाउनर्ुपर्छ भन्दै उनीहरुले पैसाका भोट किनेर नागरिकका अधिकार खोस्न नहुनेतर्फदलहरुलाई सचेत गरेका थिए ।
No comments:
Post a Comment