संविधानसभाको निर्वाचन मुखैमा आइसकेको छ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरु पनि प्रचार प्रसारका लागि युद्धस्तरमा जुटीरहेका छन् ।
संविधानसभाको निर्वाचन मुखैमा आइसक्यो, तर अधिकांश मतदाताहरु भने संविधानसभा के हो - किन र कसरी गरिन्छ भन्ने बारेमा अनभिज्ञ छन् ।
विशेष गरी ग्रामीण क्षेत्रका प्रायः सबै जनतलाई संविधानसभा, यसको उद्देश्य, गठन र निर्वाचन प्रक्रियाका बारेमा जानकारी छैन । शहरबजारका पनि कतिपय बासीन्दालाई संविधान सभा के हो भन्ने बारे थाह छैन ।
निर्वाचनको पर्ूवसन्ध्यामा राजनीतिक दल, निर्वचन आयोग र विभिन्न गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रम सञ्चालन गरे । विभिन्न गोष्ठी, सेमिनारमा करोडौं रुपैयाँ खर्च गरियो । तर परिणाम प्रायः शुन्य छ । अर्थात ग्रामीण जनताले संविधानसभा के हो र किन गर्ने भन्नेबारे अझै जानकारी पाउन सकेका छैनन् ।
निर्वाचन आयोग र विभिन्न गैरसरकारी संस्थाहरुले अहिले गाउँ गाउँ टोलटोलमा मतदाता शिक्षाबारे र्सवसाधारणलाई जानकारी दिन स्वयंसेवकहरु खटाएका छन् । तर खटिएका स्वयंसेवकहरुमध्ये कोही खटिएको स्थानमा पुगेका छैनन् भने पुगेकाहरु कोही मतदान कसरी गर्ने भन्ने मात्र सिकाउँदै छन् । कोही भने आफू समर्थित पार्टर्ीीे प्रचारमाब्यस्त छन् ।
समाचारसंगैको तस्वीर पर्यटकीय गाउँ घलेगाउँका बासीन्दाको हो । तस्वीरमा देखिएका र्सवसाधारणमध्ये कसैलाई पनि संविधानसभा के हो, किन र कसरी गरिन्छ भन्ने सामान्य ज्ञानसम्म छैन । यो तस्वीर लिएको अघिल्लो दिन गाउँमा क्षेत्र नं. २ का उमेदवारहरु दीलबहादुर र्घर्ती, पृथ्वीसुब्बा गुरुङ र मधु अधिकारी पुगेका थिए । तर गाउँले भन्छन्- 'उनीहरुले भोट मात्र मागे तर त्यस बारेमा केही बताएनन् ।'
दल र तिनका नेताहरु संविधानसभा जनताका लागि भन्ने गर्छन् । तर जनताले नै नबुझेको संबिधानसभाको के औचित्य हुन्छ - निर्वाचन आउन अझै केही दिन बाँकी नै छ । यो अवधिमा नबुझेका ती र्सवसाधारणलाई दल र आयोगले बुझाउन सके संविधानसभा निर्वाचनको औचित्य अरु बढ्थ्यो कि -

No comments:
Post a Comment