scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, March 30, 2008

माओवादीले नजिते व्रि्रोह गर्ने धम्की


नेकपा माओवादीका बरीष्ठ नेता डा. बाबुराम भट्टराइले संविधानसभा निर्वाचनमा माओवादीले नजिते अर्को व्रि्रोह हुने चेतावनी दिएका छन् ।
नेकपा माओवादी लमजुङद्वारा शुक्रबार बेसीशहरमा आयोजित चुनावी सभामा बोल्दै डा. भट्टर्राईले माओवादीले नै संविधानसभा र गणतन्त्र जन्माएकाले अन्य पार्टर्ीीई संविधानसभाको चुनावमा भोट माग्ने कुनै अधिकार नै नभएको बतए । माओवादीमात्रै खाँट्टी गणतन्त्रवादी पार्टर्ीीएको दावी गर्दै उनले नेकपा एमालेलाई नक्कली कम्युनिष्टको नाम दिए । कांग्रेस र एमालेभित्र अझैपनि राजावादी नेताहरु भएकाले उनीहरुले चुनाव भाँड्ने कसरत गरिहेको आरोप लगाए ।
नेता भट्टर्राईले कम्युनिष्ट पार्टर्ीीे मूलधार माओवादी पार्टर्ीीहेको दावी गर्दै अन्य बामपन्थी पार्टर्ीीई माओवादीमा समाहित हुन आहृवानसमेत गरे । भट्टर्राईले भने-'हिजो संविधानसभा र गणतन्त्रको माग गर्ने माओवादीहरुको टाउकाको मोल तोक्ने दलहरु आज खाट्टी गणतन्त्रवादी र संविधानसभाका हिमायती बन्न खोज्दैछन् ।'
डा. भट्टर्राईले नेकपा माओवादीको पक्षमा देशभर लहर चलेको दावी गर्दै माओवादी बाहेक अन्य कसैले पनि नयाँ नेपाल बनाउन नसक्ने ठोकुवा गरे ।उनले माओवादीले नजिते पुनः ३६ साल दोहोरिनसक्ने बताउँदै माओवादीलाई जिताउन मतदाताहरुसंग आग्रह गरेे । उनले भनेे- 'हामीले चुनाव जितीसकेका छौं, हामीलाई कसैले हराउन सक्दैन, चैत्र २८ गते लाहाछाप लगाउन मात्र बाँकी छ ।'
डा. भट्टराइले कांग्रेस र एमालेलाइ १० बर्षअघिको मतका आधारमा आफू ठूलो भनि घमण्ड नगर्न समेत सुझाव दिए ।
कार्यक्रममा माओवादी लमजुङका उमेदवारहरु क्षेत्र नं. १ का बुद्धिराम गुरुङ र क्षेत्र नं. २ का मधुमाया अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment