scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, March 30, 2008

लमजुङ आवाजको दोश्रो बाषिर्कोत्सव सम्पन्न


बेसीशहर- जनआन्दोलन २०६२/०६३ संगै जन्मेको लमजुङ आवाज साप्ताहिकले प्रकाशनका दर्ुइ बर्षपुरा गरी तेस्रो बर्षा प्रवेश गरेको छ ।
तेस्रो बर्षप्रवेशको उपलक्ष्यमा शनिबार बेसीशहरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले जनआन्दोलनदेखि हालसम्म लमजुङ आवाजले खेलेका भूमिकाको प्रशंसा गरे । उनीहरुले लमजुङ आवाज साप्ताहिकले दल विशेषको पक्ष नलिइ जनताको पक्ष लिइ काम गरेको भन्दै धन्यवादसमेत दिए ।
कार्यक्रमको उद्घाटन गर्दै नागरिक समाज लमजुङका अध्यक्ष बालकृष्ण बरालले पत्रकारहरुले कलम चलाउँदा निडर र निर्भिक हुनुपर्ने बताउँदै लमजुङ आवाज साप्ताहिक लमजुङमा खेलेको भूमिकाको चर्चा गर्नुभयो ।
नेपाली कांग्रेसका आनन्द घिमिरेले पत्रकार र पत्रकारिता स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुने बताउँदै राजीनितिक पार्र्टर्ीीो खुला र्समर्थन वा आलोचना गर्न नहुने बताए । लमजुङ आवाजले कुनै राजनीतिक पार्टर्ीीे पक्षपोषण नगरेको पनि उनले बताए ।
एमालेका प्रतिनिधि धनञ्जय दवाडीले पत्रकार र पत्रकारिता राजनीतिबाट अछुतो नहुने बताउँदै पत्रकारिता राजनीतिसंगै जोडिएको चर्चा गरे ।
चेस नेपालका संस्थापक अध्यक्ष राजकुमार पाण्डेले पत्रकारिता समाजको ऐना भएकाले समाजलाई सही सूचना दिनुपर्ने पत्रकारहरु आफै ठीक छन् छैनन् विचार गर्नुपर्ने बताउँदै कुनै राजनीतिक दलको गोटी नबन्न पत्रकारहरुलाई आग्रह गरे ।
लमजुङ आवाज साप्ताहिकका प्रबन्धक/सम्पादकर् इश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष कृष्ण केसी, जनचेतना अभिबृद्धि तथा विकास अध्ययन समितिका कार्यक्रम संयोजक विजय गुरुङ, इन्सेक प्रतिनिधि कृष्णप्रसाद अधिकारी, नौलो सुन्गाभाका प्रधान सम्पादक सुशिलचन्द्र अधिकारी, लमजुङ आवाजका सहसम्पादक नवीनराज कुइकेल, समाचार संयोजक रामजी राना, कर्मदा साप्ताहिकका प्रवन्ध सम्पादक आश गुरुङ, हिमालचुली कला साहित्य प्रतिष्ठानका सहसचिव नवीनचन्द्र अधिकारी, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष बासुदेव थापालगायतका बक्ताहरुले मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment