scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, March 30, 2008

घरदैलो अभियान तीब्रः संविधानसभाको निर्वाचन अब ११ दिन बाँकी

बेसीशहर- २००७ सालदेखिको संविधानसभाको मुद्दा र आठ बर्षछि हुन लागेको निर्वाचन । राजनीतिक दलहरुमा चुनावी सरगर्मी बढ्नु त स्वभाविकै हो । त्यो सरगर्मी राजनीतिक दलमा मात्रै होइन, र्सवसाधारणमा पनि बढेको छ । आफ्नै हातले देशको मूल कानुन लेख्न पाउने भएपछि यसपालीको चुनावमा र्सवसाधारण मतदाताहरु बढी हौसिएका देखिन्छन् । विगतका निर्वाचनमा भाग लिएका र पहिलो पटक निर्वाचनमा भाग लिँदै गरेका मतदाता दुबैलाई उत्साह र उमंग छाएको छ ।
यतिबेला देशभरी नै चुनावको चर्चा र परिचर्चा चलिरहेकै बेला हरेक जिल्ला, शहर र गाउँघर तथा चोक चोकमा चुनावको चर्चा चलिरहेको छ । यतिबेला लमजुङमा ७ वटा राजनीतिक दलले बहुमतीय तथा समानुपातिक निर्वाचन प्रणालीमा उमेदवारी दिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी मुख्य प्रतिस्पर्धामा उत्रिए पनि जनमोर्चा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीराष्ट्रिय प्रजातन्त्र पार्टर्ीीनेपाल), र राष्ट्रिय जनशक्ति पार्टर्ीी आ-आफ्ना उमेदवारका साथ चुनावी मैदनामा उत्रिएका छन् ।
यतिबेला प्रमुख तीनवटा पार्टर्ीीांग्रेस, एमाले र माओवादी आफ्ना उमेदवार र चुनावी घोषणा पत्रका साथ आमसभा तथा घरदैलो अभियानमा ब्यस्त छन् । अन्य साना दलहरु चुनावी सभा नगरेरै घरदैलोमा मात्र ब्यस्त छन् ।
नेपाली कांग्रेसले यो हप्ता क्षेत्र नं. २ का बांग्रे, नेटा, धुसेनी, सिन्दुरे, चन्द्रेश्वर, पुरानोकोट, गाउँशहर, चिसापानी, तार्कु, दुराडाँडा, भोटेओडार,परेवाडाँडा र कुन्छामा चुनव प्रचारको अभियान सम्पन्न गरेको छ । आमसभा तथा घरदैलो अभियानमा क्षेत्र नं. २ का उमेदवार तथा पार्टर्ीी केन्द्रीय सदस्य दीलबहादुर र्घर्ती, रामचन्द्र अधिकारी, लक्ष्मीकान्त पौडेल, सहित कांग्रेसका दर्जनौं कार्यकर्ताको टोली संलग्न छ ।
त्यस्तै क्षेत्र नं. २ मा कांग्रेसका उमेदवार तुलसी नारायण श्रेष्ठ, डा. टकराज गुरुङ, विष्णु धिताल सहितको टोलीले तार्कुघाट, अर्चलबोट, पिपलभञ्ज्याङ, सल्लाबोट, श्रीमञ्ज्याङ, नौथर, ढोडेनी, बन्सार ताँजे, फलेनी, लगायतका स्थानमा चुनावी सभा तथा घरदैलो अभियान सम्पन्न गरेका कांग्रेसका कार्यालय सचिव योगेश घिमिरेले बताए ।
त्यसैगरी नेकपा एमालेले पनि आफ्नो चुनावी अभियान आमसभा र घरदैलोका साथ तीब्र पारेको छ । एमालेका कार्यालय सचिव धनञ्जय दवाडीका अनुसार क्षेत्र नं. १ का उमेदवार मायानाथ अधिकारीका साथ टुका हमाल, जमीन्द्रमान घले र दूधप्रसाद घलेको टोलीले तिनपीप्ले, तार्कुघाट, नौथर सेरा, हिलेबेसी, बन्सार,चिती, हिलेटक्सार, बाँझाखेत, भुलभुले र बाहुनडाँडामा आमसभाका साथै घरदैलो अभियान सकेका छन् । त्यस्तै क्षेत्र नं. २ का उमेदवार पार्टर्ीी केन्द्रीय सदस्य पृथ्वीसुब्बा गुरुङसंगै डा. भीष्म अधिकारी, डि.बी. कार्की, फूलबहादुर थापा र दिपा गुरुङको टोलीले भोर्लेटार, नेटा, धुसेनी, भोटेओडार, सुन्दरबजार, परेवाडाँडा, कुन्छा, सोतीपसल, रम्घा, समिभञ्ज्याङ, ता. टक्सार र जीताकोटमा आमसभा र घरदैलो अभियान सम्पन्न गरेका छन् ।
संविधानसभाको निर्वाचनका लागि नेकपा माओवादी पनि गाउँ गाउँमा चुनावी प्रचार प्रसारमा ब्यस्त छ । नेकपा माओवादीले क्षेत्र नं. १ को सिम्पानी, घनपोखरा, ढोंगे, सिउरुङ, अल्कटार, उस्ता, ठूलीबेसी, सञ्जापु, ताघ्रिङ, सिलढुङ्गा, ङादी, खासुर, भाचोक, टक्सार, चितीलगायतका स्थानमा आमसभा तथा घरदैलो अभियान सम्पन्न गरेको छ ।
त्यस्तै क्षेत्र नं. २ का उमेदवार मधुमाया अधिकारीसहितको टोलीले यो साता सोतीपसल, कुन्छा, परेवाडाँडा, उदीपुर, चन्द्रेश्वर, कपुरगाउँ, घाम्राङ, तामु पसगाउँ, सिङदी कुम्लुङ, चरागाउँ, भोर्लेटार, समिभञ्ज्याङ, र्सर्ुयपाल, तान्द्राङ टक्सार लगायतका स्थानमा घरदैलो कार्यक्रम तथा चुनावी सभा सम्पन्न गरेको छ । माओवादीले गत शुक्रबार पार्टर्ीी बरीष्ठ नेता डा. बाबुराम भट्टर्राईको उपस्थितिमा बेसीशहरमा बृहत आमसभा पनि सम्पन्न गरकेो छ ।

No comments:

Post a Comment