राइनासकोट-ऐतिहासिक र धार्मिक महत्व बोकेको लमजुङको राइनासकोट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले राइनासकोट क्षेत्र पर्यटन विकास समितिद्वारा आयोजित दोश्रो राइनासकोट महोत्सव २०६४ शनिबार सम्पन्न भएको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय राइनासकोट जाऔं, दोश्रो राइनासकोट महोत्सवमा सहभागि भई प्रकृति र संस्कृतिमा रमाऔं भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय कला संस्कृति झल्कने, घाँटु, सोरठी, चुड्का, बालुन, सर्ेगा लगायतका साँंस्कृतिक झलकहरु प्रस्तुत गरिएका थिए । महोत्सवमा स्थानीय घरेलु उत्पादन, हस्तकलाका सामाग्रीहरुको पर््रदर्शनीका साथै खुल्ला भलिवल प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।
समुद्री सतहबाट २ हजार ५ सय मिटरको उचाइमा रहेको राइनासकोट सुन्दर हिमाली दृष्यावलोकन, सूर्योदय, सर्ूयास्तका लागि अद्वितीय स्थानको रुपमा रहेको छ । प्रकृति र संस्कृतिमा धनी राइनासकोट क्षेत्रलाई ग्रामीण पर्यटकीय गन्तब्यको रुपमा प्रचार प्रसार विकसित गराउनु महोत्सवको मुख्य उद्देश्य थियो ।
मनमोहक प्राकृतिक सौर्न्दर्य, ऐतिहासिक राइनासकोट, कालिका मन्दिर, शिवालय, परम्परागत हस्तकला र स्थानीय बासिन्दाको हार्दिकता राइनासकोटका गहना हुन् । यिनै सम्पदालाई देश विदेशमा चिनाएर पर्यटन पर््रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका खड्गबहादुर गुरुङले बताए ।
महोत्सवको उदघाटन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । उनले लमजुङमा थुप्रै पर्यटकीय सम्भावना रहेकाले यसको विकास गरी देशको अर्थतन्त्र बलियो पार्नुपर्ने बताए । मन्त्री गुरुङले आफूले राइनासकोटको विकासका लागि सहयोग गरिरहने प्रतिवद्धतासमेत जनाए ।
समुद्री सतहबाट २ हजार ५ सय मिटरको उचाइमा रहेको राइनासकोट सुन्दर हिमाली दृष्यावलोकन, सूर्योदय, सर्ूयास्तका लागि अद्वितीय स्थानको रुपमा रहेको छ । प्रकृति र संस्कृतिमा धनी राइनासकोट क्षेत्रलाई ग्रामीण पर्यटकीय गन्तब्यको रुपमा प्रचार प्रसार विकसित गराउनु महोत्सवको मुख्य उद्देश्य थियो ।
मनमोहक प्राकृतिक सौर्न्दर्य, ऐतिहासिक राइनासकोट, कालिका मन्दिर, शिवालय, परम्परागत हस्तकला र स्थानीय बासिन्दाको हार्दिकता राइनासकोटका गहना हुन् । यिनै सम्पदालाई देश विदेशमा चिनाएर पर्यटन पर््रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका खड्गबहादुर गुरुङले बताए ।
महोत्सवको उदघाटन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । उनले लमजुङमा थुप्रै पर्यटकीय सम्भावना रहेकाले यसको विकास गरी देशको अर्थतन्त्र बलियो पार्नुपर्ने बताए । मन्त्री गुरुङले आफूले राइनासकोटको विकासका लागि सहयोग गरिरहने प्रतिवद्धतासमेत जनाएका थिए ।
सो अवसरमा व्यवस्थापीका संसदका विधायक रामबहादुर गुरुङ, नेपाली कांग्रेस लमजुङका सभापति तथा संविधानसभामा क्षेत्र नं. १ का कांग्रेस उमेदवार तुलसी नारायण श्रेष्ठ, एमाले लमजुङका सचिव तथा संविधानसभामा क्षेत्र नं. १ का एमाले उमेदवार मायानाथ अधिकारी, नेकपा माओवादी लमजुङका इञ्चार्ज देवेन्द्र पराजुली लगायतले मन्तब्य राखेका थिए ।
उदघाटन कार्यक्रममा र्सवसाधारणको नगण्य उपस्थिति रहे पनि कार्यक्रममा दलका नेताहरुले आफ्नो पार्टर्ीीई भोट माग्न भने चुकेनन्। संविधानसभा निर्वाचनका लागि कांग्रेसका उमेदवार तुलसी नारायण श्रेष्ठ, एमालेका उमेदवार मायानाथ अधिकारीले आ-आफ्नो पार्टर्ीीई भोट दिन आग्रह गरे भने माओवादीका इञ्चार्ज देवेन्द्र पराजुलीले आफ्नो पार्टर्ीी अधयक्ष बुद्धिराम तमुलाई भोट मागेका थिए । त्यस्तै राप्रपाका उमेदवार टेकबहादुर गुरुङले पनि आफ्नो पक्षमा भोट मागेका थिए ।
तीन दिनसम्म चलेको महोत्सवको दोश्रो दिन दर्शकहरुको उत्साहजनक भीड लागेको थियो । कृष्ण गुरुङ, खेमजंग गुरुङ, भीमकला गुरुङ, टीका गुरुङ लगायतका कलाकारको सांगीतिक कार्यक्रम र जीरे खर्ुसानीका मुन्द्रे र भोक लाग्यो जस्ता कलाकारको प्रहसनले दशृकलाई भरपुर मनोरञ्जन दिएको थियो ।
महोत्सव मूल आयोजक समितिका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
No comments:
Post a Comment