scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 25, 2008

कम्युनिष्टहरु अधिनायकवादी गणतन्त्र चाहन्छन्ः पौडेल



सोतीपसल- नेपाली कांग्रेसका उपसभापति तथा शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले आसन्न संविधानसभाको परिणामले मुलुक कता जाने भन्ने निर्धारण गर्ने भएकाले विवेक प्रयोग गरेर मात्र मतदान गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस लमजुङ क्षेत्र नं. २ र तनहूँ क्षेत्र नं. २ को संयुक्त सभालाई सोतीपसलमा सम्बोधन गर्दै उपसभापति पौडेलले यो कुरा बताएका हुन् । सो अबसरमा उनले नेपाली जनताको शान्तिको चाहना संविधानसभाले पुरा गर्ने भएकाले शान्ति र अग्रगमनका पक्षधरलाई साथ दिन जनतासंग आग्रह गरे । सामन्तवाद र अधिनायकवादबाट नेपाली जनताले मुक्ति चाहेका छन् भन्दै जनतालाई नै देशका वास्तविक मालिक बनाउन संविधानसभाको निर्वाचन हुन लागेको उनले स्पष्ट पारे ।
मतदाताको सानो गल्तीले देशमा पुनः सामन्तवादको नयाँ संस्कार बस्न सक्नेेतर्फसचेत गराउँदै पौडेलले अढाइ सय बर्षपुरानो समन्तवाद हटाएर अर्को नयाँ संस्कारको सामन्तवाद जनतालाई स्वीकार्य नहुने बताए ।
पौडेलले भने- 'नेपाली कांग्रेस लोकतान्त्रिक गणतन्त्र चाहन्छ तर कम्युनिष्टहरु अधिनायकवादी गणतन्त्र चाहन्छन् । लोकतन्त्रमा मात्रै जनताका अधिकार सुरक्षित हुन्छन् । यो जनताको परीक्षाको घडी हो, त्यसैले मतदाताले विवेकको प्रयोग गर्नुपर्छ ।'
निर्वाचन आफ्नो पक्षमा केही राजनीतिक दलले मतदातालाई डर धम्की देखाईरहेको आरोप लगाउँदै पौडेलले कसैको डर धम्कीबा कत्ति विचलित नहुन आग्रह गरे ।
सोही अवसरमा नेपाली कांग्रेसबाट क्षेत्र नं. २ का उमेदवार दीलबहादुर र्घर्तीले संविधानसभाको निर्वाचनले देशमा स्थायी शान्तिको स्थापना गरी गणतन्त्र, समावेशी लोकतन्त्रको बहाली गर्ने बताए । उनले लोकतन्त्रको संस्थागत विकास, समावेशी लोकतन्त्र, अग्रगमनका लागि नेपाली कांग्रेसलाई जिताउन आग्रह गरेका थिए ।


No comments:

Post a Comment