संविधानसभाको निर्वाचन नजिकिँदै जाँदा लमजुङमा प्रमुख राजनीतिक दलहरुले प्रचार प्रसार अभियान तीब्र बनाएका छन् ।
दर्ुइ वटा निर्वाचन क्षेत्र रहेको लमजुङमा १ लाख ५३ हजार मतदाता छन् । लम्जुङमा प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच नै मुख्य रुपमा प्रतिस्पर्धा छ ।
लमजुङको क्षेत्र नं. १ मा तीनवटै पार्टर्ीी पार्टर्ीी्रमुखहरु उमेदवार बनेका छन् । नेपाली कांग्रेसबाट पार्टर्ीीभापति तुलसी नारायण श्रेष्ठ, नेकपा एमालेबाट पार्टर्ीीचिव मायानाथ अधिकारी र नेकपा माओवादीबाट पार्टर्ीीचिव बुद्धिराम तमु प्रत्यासी छन् । तीनैवटा पार्टर्ीी पार्टर्ीी्रमुखहरु चुनावी मैदानमा रहेकाले तीनै उमेदवारबीच प्रतिस्पर्धा रोमाञ्जक हने भएको छ ।
उता क्षेत्र नं. २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर र्घर्ती र एमालेका केन्द्रीय सदस्य तथा मन्त्री पृथ्वीसुब्बा गुरुङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । अहिलेसम्म चुनाव नलडेका र्घर्ती र ५ पटकसम्म चुनाव लडेर हारेका पृथ्वीसुब्बा गुरुङबीचको प्रतिस्पर्धामा कसले कसलाई उछिन्ने हो त्यो कौतुहलको विषय बनेको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. २ का उमेदवार दीलबहादुर र्घर्ती अहिले गाउँगाउँमा घरदैलो र आमसभामा ब्यस्त छन् । गाउँघरमा घुमेर भोट माग्दै गरेका र्घर्ती जनताहरु आफ्नो पक्षमा रहेका बताउँछन् ।
क्षेत्र नं. २ मा नेकपा माओवादीका उमेदवार मधुमाया अधिकारीलाई भने कमजोर उमेदवारको रुपमा लिइएको छ । संविधान सभा चुनावका लागि जिल्ला निर्वाचन कार्यालयमा ७ वटा पार्टर्ीी आफ्ना उमेदवार खडा गरेका छन् । विभिन्न दलका गरी बहुमतीय प्रणालीमा १४ र समानुपातिक तर्फ१७ जनाको उमेदबारी परेको छ ।
चुनाव प्रचार प्रसार गर्ने शैली पनि दलहरुको फरक फरक छ । दर्जनौं कार्यकर्ताको साथमा उमेदवारहरु घर घरमा पग्ने गरेको देखिन्छ । कांग्रेसले भने प्रचारको नयाँ शैली प्रयोग गरेको छ । कांग्रेसका युवाहरु पुराण बाचन गर्ने शैलीमा प्रचार गरिरहेका छन् । यसले कांग्रेलाई राम्रै फाइदा पुर्याएको देखिएको छ ।
दलहरु मध्ये कांग्रेस, एमाले र माओबादीले केन्द्रीय नेताहरुको उपस्थितिमा ठूला ठूला आमसभा समेत गरेका छन् भने साना दलले भने अहिलेसम्म कुनै पनि आमसभा नगरी गाउँमा घरदैलोमा सक्रिय छन् ।
No comments:
Post a Comment