scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, April 9, 2008

"कम्युनिष्टहरु समस्या दिन्छन् समाधान दि“दैनन्"ः पौडेल


"कम्युनिष्टहरु समस्या दिन्छन् समाधान दि"दैनन्"ः पौडेलनेपाली कांग्रेसका उपसभापति तथा शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेलले नेपाली कांग््रेसले मात्र जनताको चाहना अनुसारको लोकतान्त्रिक संविधान दिन सक्ने भएकाले कांग्रेसका उमेदवारलाई जिताउन आग्रह गरेका छन् । नेपाली कांग्रेस लमजुङद्वारा बुधवार बेसीशहरमा आयोजित चुनावी सभामा बोल्दै पौडेलले नेपाली कांग्रेस बाहेक देश हाँक्ने सामर्थ्य अरु कुनै दलमा नभएको दावी गरे ।
निरंकुशताका लाद्न खोज्नेलाई जनताले अग्नीकुण्डमा स्वाहा गर्नुपर्छ भन्दै पौडेलले राजाको निरंकुशताको बदलामा कम्युनिष्टहरुको अधिनायकवाद नेपाली जनतालाई स्वीकार्य नहुने बताए । लोकतन्त्र, प्रजातन्त्र र राष्ट्रियताका रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने भएकाले नेपाली कांग्रेसलाई मत दिइ विजयी गराउन उनलेे जनतासंग आग्रह गरे । 'नेपालका कम्युनिष्टहरु समस्या निम्त्याउन मात्र सक्छन् तर समाधान दिन सक्दैनन्' - पौडेलले भने ।

No comments:

Post a Comment