बेसीशहर- विरामीहरु ऐया ऐया गरी बेडमा छटपटाइरहेका छन् । आफन्तहरु नरमाइला मान्दै आ-आफ्ना विरामीलाई सुमसुम्याइरहेका देखिन्छन् । अर्कोतिर अस्पतालको हलमा डाक्टरसहित स्वास्थ्यकर्मीहरु मदिरामा लठ्ठ पर्दै नाचिरहेका देखिन्छन् । ठूलो आवाजमा क्यासेटमा घन्केका गीतमा जान्नेहरु पालै पालो नाचिरहेका छन् । नजान्नेलाई पनि जान्नेहरु तानी तानी नचाइरहेका छन् । चर्को स्वरमा हो-हल्लाका साथ ताली पिट्दै रमाइरहेका स्वास्थ्यकर्मीहरु लाई अस्पतालको शैयामा लडेका विरामीहरुको के ध्यान आउँथ्यो र -
पढ्दा अचम्म लाग्यो होला, यो कथा हो लमजुङ सामुदायिक अस्पतालको । अस्पतालका डाक्टरसहितका ६ जना स्वास्थ्यकर्मीहरुको बर्थ डे पार्टर्ीीकै दिन शुक्रबार साँझ अस्पतालको हलमा नाचगान साथ मनाईयो । लामो समयदेखि बेला बेलामा बर्थ डे परुन् वा चाड पर्व त्यहाँका स्वास्थ्यकर्मीहरु अस्पतालमा नै मदिरा सहितको पार्टर्ीीर्न पनि पछि पर्दैनन् ।
'यसो गर्न थालेको लामो समय भैसक्यो । मादल बजाएर, क्यासेट बजाएर, ताली पिटेर नाचगान गर्दा सामान्य मान्छेलाई त राती न्रि्र आउँदैन भने अस्पतालका विरामीलाई कस्तो असर पर्यो होला -' स्थानीय दीपिका गुरुङले भनिन् । पहिला पहिला अस्पतालको मैदानमा हो-हल्लाका साथ पार्टर्ीीुन्थ्यो, आजकल त अस्पतालभित्रै पार्टर्ीीुँदो रहेछ- अस्पतालमा विरामी कर्ुर्दै गरेकी यमुना अधिकारीले बताइन् ।
यस विषयमा अस्पताल प्रशासनमा बुझन खोज्दा प्रशासन प्रमुख जिल्ला बाहिर गएकाले उपलब्ध हुन सकेनन् । अस्पताल श्रोतका अनुसार बेला बखत यस्ता पार्टर्ीी हुने गरेका छन् । अस्पतालमा पार्टर्ीीलाउनु राम्रो त हैन तैपनि ड्युटीमा बस्नेहरु पार्टर्ीी संलग्न नहुने अस्पतालकै कर्मचारी बताउँछन् ।
अस्पतालका विरामीहरु अस्पतालमा होहल्लाका साथ पार्टर्ीील्दा र स्वास्थ्यकर्मीहरु पार्टर्ीी मस्त हुँदा आफूहरुलाई समस्या परे पनि नहर्ेर्ने गरिएको गुनासो गर्छन् ।
नाम नछाप्ने शर्तमा अस्पतालका एक कर्मचारी भन्छन्- 'अस्पताल परिसरमा हल्ला र मदिरा दुवै निषेध छ तर स्वयं यहाँका स्वास्थ्यकर्मीहरु आफै मदिरामा लठ्ठ परेर ताली पिट्दै हल्ला गर्दा र्सवसाधारणमा राम्रो सन्देश जाँदैन ।' त्यसो त अस्पतालको बाहिर सडकमासमेत चर्को स्वरले कराउन, गाडिको हर्न बजाउन पाइँदैन । तर लमजुङ सामुदायिक अस्पतालभित्रका स्वास्थ्यकर्मीहरुले भने जे गरे पनि छुट छ ।
५० शैयाको लमजुङ सामुदायिक अस्पतालमा ५ डाक्टरसहित ६५ कर्मचारी छन् । दैनिक करीब एक सय जना विरामी आउने अस्पताल लमजुङको एकमात्र अस्पताल हो ।
No comments:
Post a Comment