बेसीशहर- संविधानसभाको निर्वाचन आउन अब केही घण्टा मात्र बाँकी छ । जति जति निर्वाचन नजिकिँदैछ, त्यति नै निर्वाचनमा को विजयी हुन्छ भनि अड्कलबाजी शुरु हुन थालेको छ ।
तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले निर्वाचनमा दुवै क्षेत्रमा आफ्नो पार्टर्ीी जित्ने दावी गरिरहेका छन् ।
चुनावमा जनताको मतलाई जसरी पनि आफ्नो पक्षमा पार्ने कसरतमा पनि दलहरु लाग्न थालेका छन् । नेकपा एमाले क्षेत्र नं. २ मा कुनै पनि मूल्य चुकाएर पृथ्वीसुब्बा गुरुङलाई जिताउन लागिपरेको छ । त्यस्तै क्षेत्र नं. १ मा नेकपा माओवादी आफ्नो उमेदवार बुद्धिराम तमुलाई जसरी पनि जिताउने कसरतमा छ ।
क्षेत्र नं. १ मा तीनवटै दलका जिल्ला पार्टर्ीी्रमुखहरु प्रत्यासी छन् । कांग्रेस सभापति तुलसी नारायण श्रेष्ठ, एमाले सचिव मायानाथ अधिकारी र माओवादी सचिव बुद्धिराम तमुबीचको प्रतिस्पर्धामा कसले कसलाई पछार्ने हो भन्न मुश्किल छ । यद्यपी कांग्रेसका तुलसी नारायण श्रेष्ठ अहिले सम्मको स्थितिमा बलियो देखिएका छन् ।
उता क्षेत्र नं. २ को निर्वाचन पनि कम प्रतिस्पर्धात्मक छैन । कांग्रेस एमाले र माओवादीका केन्द्रीय र क्षेत्रीयस्तरका नेताहरु चुनावी मैदानमा रहेकाले चुनावी माहौल क्षेत्र नं. २ को पनि उत्तिकै गरम छ । क्षेत्र नं. २ मा कांग्रेसको केन्द्रीय सदस्य दीलबहादुर र्घर्ती, एमालेका केन्द्रीय सदस्य पृथ्वीसुब्बा गुरुङ र माओवादीका तमुवान राज्य समितिका सदस्य मधु अधिकारीबीच प्रतिस्पर्धा छ । बाम तालमेल नभएका कारण क्षेत्र नं. २ मा पनि कांग्रेसका उमेदवार दीलबहादुर र्घर्तीको स्थिति बलियो देखिन्छ ।
तीनवटै दलले दुवै निर्वाचन क्षेत्रका प्रायः अधिकांश भागमा चुनावी सभा तथा घरदैलो अभियान सकेका छन् । चैत्र २५ गते मध्यरातदेखि प्रचार प्रसार गर्न नपाइने भएकाले दलहरुलाई अहिले घरदैलो अभियानमा भ्याइ नभ्याइ छ ।
विगतका निर्वाचनमा लमजुङका दुवै क्षेत्रमा कांग्रेसले जितेको हो । अहिले पनि माओवादी र एमाले दुवै पार्टर्ीी प्रतिस्पर्धा कांग्रेसंगै भएको बताउँछन् । कांग्रेस पनि फेरि इतिहास दोहोरिने कुरामा ढुक्क देखिन्छ ।
कांग्रेसका क्षेत्र नं. १ का उमेदवार तुलसी नारायण श्रेष्ठ आफ्नो जीत सुनिश्चित भएको बताउँछन् । माओवादीका उमेदवार बुद्धिराम तमु पनि क्षेत्र नं. १ मा माओवादीको स्थिति राम्रो भएको दावी गर्छन् । एमालेका उमदेवार मायानाथ अधिकारीसंग निर्वाचनमा उनको स्थितिका बारेमा जिज्ञासा राख्दा त्यो त पत्रकारहरुले मूल्याङ्कन गर्ने कुरा हो भनेर पन्छिए ।
क्षेत्र नं. २ मा पनि कांग्रेस, एमाले र माओवादीले आ-आफ्नै जीत हुने दावी गरिरहे पनि प्रतिस्पर्धा भने कांग्रेस र एमालेबीच नै बढी देखिन्छ । एमालेले आफ्नो धेरै शक्ति क्षेत्र नं. २ मा खर्च गरिरहेको छ । अहिलेसम्म चुनाव नजितेका पृथ्वी सुब्बा गुरुङ र पहिलो पटक चुनावी मैदानमा उत्रेका दीलबहादुर र्घर्ती र मधु अधिकारीमध्ये कसले बाजी मार्ने हो हर्ेन बाँकी छ ।
गुरुङ उमेदवार भएका कारण र पटक पटक चुनाव हारेका कारण पृथ्वीसुब्बा गुरुङले यस पटक भने जित्ने एमालेको दावी छ । तर कांग्रेसहरु भने अहिलेसम्म चुनाव नजितेका र एमालेको भोट माओवादी ले काट्ने कारण जीत कांग्रेसका हुने दावी गर्छन् । उता माओवादीहरु भने जनताले कांग्रेस र एमालेलाई चिनीसकेकाले जीत माओवादीकै हुने दावी गर्न पछि पदैनन् ।
सबै दलका आ-आफ्नै दावी र तर्क भए पनि कांग्रेसको तर्कमा बढी वजन देखिन्छ । कांग्रेसी हरुको तर्कमा विगतमा एमालेले पाएको मतको ठूलो हिस्सा नेकपा माओवादी को पक्षमा जाने भएकाले एमालेलाई चुनाव जित्न विगतमा भन्दा अहिले अझै गाह्रो छ । उनीहरुको विचारमा विगतमा कांग्रेलाई परेको मतको सानो हिस्सा मात्र माओवादीमा जानेछ भने राप्रपाले विगतमा पाएको मतको ठूलो हिस्सा अहिले कांग्रेसमा आउने छ ।
यता माओवादीले भने पटक पटक अन्य दललाई मत दिएकाले यस पटक माओवादीलाई दिएर हर्ेन अनुरोध गरेका छन् ।
निर्वाचनको मिति नजिकिँदै गएको छ भने दलहरुबीच आरोप प्रत्यारोप पनि बढेको छ । भ्रष्टाचार विरोधी नागरिक समाज लमजुङको नाममा निस्केको 'भ्रष्ट मन्त्री पृथ्वीसुब्बा गुरुङलाई हराउँ' भन्ने पर्चाका कारण एमाले कांग्रेसलाई आरोप लगाउँदै क्रुद्ध बनेकोे छ भने कांग्रेस पनि अनाहकको आरोप लगाइएको भन्दै एमालेप्रति आक्रोशित छ ।
No comments:
Post a Comment