scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, April 9, 2008

लमजुङमा निर्वाचनको तयारी पूरा


बेसीशहर- आगामी चैत्र २८ गते हुन गइरहेको संविधानसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय लमजुङले तयारी पूरा गरेको जनाएको छ।
जिल्लाभरका १ सय ९५ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई कार्यालयले शनिबार तालिम दिई मतपेटिका, स्वास्तीक छाप, लगायतका निर्वाचन सामाग्रीहरु बुझाएको छ । मत पत्र भने २४ गते मात्र मतदान अधिकृतलाई बुझाइने कार्यालयले बताएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख डालनाथ अर्यालका अनुसार निर्वाचनको तयारी ९८ प्रतिशत सम्पन्न भैसकेको छ । 'हामीले सबै तयारी पूरा गरिसक्यौं अब मतपेटिकामा मत खसाल्न मात्र बाँकी छ' निर्वाचन कार्यालयका प्रमुख अर्यालले लमजुङ आवाजलाई बताए ।
निर्वाचनका लागि जिल्लाका १ सय १८ स्थानमा १ सय ९५ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । जसमध्ये ३ वटा अस्थायी मतदान केन्द्र सदरमुकाममा व्यवस्था गरिएको छ । कारागारका बन्दी र सुरक्षाकर्मी तथा कर्मचारीले ती मतदान केन्द्रमा मतदान गर्ने छन् । कर्मचारी, सैनिक र प्रहरीले समानुपातिक प्रणालीमा मात्र मतदान गर्न पाउने ब्यवस्था छ ।
२ वटा निर्वाचन क्षेत्र रहेको लमजुङमा कूल १ लाख ५३ हजार ३ सय ३५ जना मतदाता छन् । जसमध्ये क्षेत्र नं. १ मा ७४ हजार ८ सय ६४ र क्षेत्र नं. २ मा ७८ हजार ३ सय ११ मतदाता छन् ।
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायका अनुसार निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्लाका विभिन्न स्थानमा सशस्त्र प्रहरीका बेस क्याम्पहरु राखिएका छन् । जिल्लाभर १ हजार २ सय कर्मचारी, ४ सय ९२ म्यादी प्रहरी, ५ सय ६ जना जनपद प्रहरी र १ सय ६० सशस्त्र प्रहरी निर्वाचन प्रयोजनका लागि खटाइएका छन् ।
निर्वाचनमा शान्ति सुरक्षा नव्रि्रोस् भनि बेसीशहरमा चैत्र २४ गतेदेखि २८ गतेसम्म मदिरा निषेध गरिएको छ ।

No comments:

Post a Comment