scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, April 9, 2008

कांगे्रस एमाले झडप

निर्वाचन प्रचार प्रसारको अन्तिम दिन चैत्र २५ गते लमजुङको जीता गाउँविकास समति वडा नं. ८ मा नेपाली कां्रग्रेसको चुनवी सभामा नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेपछिको झडपमा दुवै पक्षका गरी ८ जना घाइते भए ।
दिउसो २ बजे जीता स्थित सप्तधारा मा.वि मा नेपाली कांग्रेस क्षेत्र नं. २ का उमेदवार दीलबहादुर र्घर्तीले भाषण गरिरहेको बेला एमालेका कार्यकर्ताले ढुंगा हाने पछि दुवै पक्षबीच झडप भएको थियो । झडपमा कांग्रेसका ५ र एमालेका ३ जना घाइते भएका थिए । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

No comments:

Post a Comment