scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, April 9, 2008

वाइसिएलको आक्रमणमा एमाले नेता घाइते

माओवादी निकटको वाइसिएलका कार्यकर्ताले नेकपा एमाले लमजुङका सदस्य प्रेमबहादुर घलेमाथि आज विहान ९ बजे खुकुरी प्रहर गरी सख्त घाइते बनाएका छन् । आफ्नै घरमा बसीरहेका घलेलाई करीब १५ जनाको समूहमा आएका वाइसिएल कार्यकर्ताले अक्रमण गरेका थिए । आक्रमणबाट घलेको टाउकोमा गम्भीर चोट लागेको छ ।
त्यस्तै इलमपोखरी गाविस वडा नं. २ फुलिङगिरी निवासी माओवादी कार्यकर्ता लवराज गुरुङलाई एमाले कार्यकर्ताले गएराती ११ बजे खुकुरी प्रहर गरी सख्त घाइते बनाएका छन् । उनको पनि टाउकोमा गम्भीर चोट लागेको छ । दुबैजनालाई आज हेलिकोप्टरबाट उपचारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा ल्याइएको छ ।

No comments:

Post a Comment