लमजुङको सदरमुकाम बेसीशहरबाट ताघ्रिङ गाविसको स्याँगेतर्फजाँदै गरेको ग १ च ३८५८ नम्बरको पिकअप भ्यान आज दिउसो ताघ्रिङ गाविसको घोप्टेभिरमा दर्ुघटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । घाइते दुवैजनाको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाण्डौं लगिएको छ ।
दर्ुघटनामा परी मृत्यु हुनेमा मनाङको धारापानी निवासी चन्द्रमान श्रेष्ठ र नाम नखुलेका जीपका हेल्पर छन् । उपचारका लागि बेसीहर ल्याउँदै गर्दा बाटोमै उनीहरुको मृत्यु भएको थियो ।
चालक सहित ६ जना लिएर स्याँगेबाट बेसीशहर आउँदै गरेको उक्त जीप घोप्टेभीरमा दर्ुघटना ग्रस्त भै २ सय मिटर तल मर्स्याङदी नदीमा खसकेो थियो । जीपमा सवार अन्य २ यात्री भने हाम्फाल्न सफल भएका थिए ।
No comments:
Post a Comment