लमजुङ, जेठ १
बेसीशहर- हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङको आयोजनामा आगामी जेठ १० गतेदेखि पर्यटन साहित्य यात्रा शुरु हुने भएको छ ।
जिल्लाको कला साहित्य र लोकसंस्कृतिको संरक्षण, सर्म्बर्द्धन र विस्तारका लागि स्थापना भएको हिमालचुली कला साहित्य प्रतिष्ठानले साहित्यको माध्यमबाट पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले साहित्य यात्राको आयोजना गरेको हो । जस अनुसार जिल्लाका पर्यटकीय महत्व बोकेका क्षेत्रमा पुगी साहित्यकारहरुले त्यहाँको वस्तुस्थिति, रहनसहन, कला र संस्कृतिको अध्ययन र त्यहाँको प्राकृतिक सौर्न्दर्यको बयान गरी साहित्यिक रचना गर्नेछन् ।
गएको पुस महिनाबाटै साहित्य यात्राको थालनी गर्ने उद्घोष गरिए पनि विविध कारणबस शुरु हुन नसकेको प्रतिष्ठानले जनाएको छ । साहित्ययात्राको क्रममा रचिएका रचनाहरुलाई पुस्तकको रुपमा प्रकासनमा ल्याइ जिल्लाको पर्यटकीय विकासमा मद्दत पुर्याउने प्रतिष्ठानको लक्ष्य छ ।
जिल्लाका पुरानकोट, घलेगाउँ, घनपोखरा गिलुङ, करापुटार, दूधपोखरी, इलमपोखरी, राइनासकोट, गौंडाकोट, बराह पोखरी, सिउरुङ, दुराडाँडा, पसगाउँ जस्ता पर्यटकीय महत्वका स्थानमा पर्यटन साहित्यको आयोजना हुने प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले बताउनुभयो ।
ती कार्यक्रममा जिल्ला भित्र र बाहिरका साहित्यकारहरुको सहभागिता रहने बताइएको छ । साहित्य यात्रालाई स्थानिय बासिन्दा , सहभागि साहित्यकार सबैले व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

No comments:
Post a Comment