scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, May 15, 2008

सनराइज बैंकको तेस्रो शाखा लमजुङमा


केही महिना अघिमात्र बित्तिय क्षेत्रमा पाइला चालेको सनराइज बैंकले यसै साताबाट आफ्नो तेस्रो शाखा लमजुङको सदरमुकाम बेसीशहरमा शुरु गरेको छ ।
बैंकका निर्देशक भोगेन्द्र गुरागाइँका अनुसार बैंकले आगामी बर्षभत्र देशका विभिन्न भागमा गरी २५ वटा शाखा विस्तार गर्ने छ । उहाँले उद्यम गर्न चाहनेलाई सनराइज बैंकले सरल ब्याजदरमा कर्जा प्रवाह गर्ने जानकारी दिनुभयो ।
बंैकका बेसीशहर शाखा प्रवन्धक गोबर्द्धन अधिकारीले बैंकले उचित, सरल र सुरक्षित कर्जा प्रवाह गर्ने बैंकको प्रमुख उद्देश्य रहेको जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत प्राप्त सनराइज बैंकको यो तेस्रो शाखा हो । काठमाडौं र धरानमा बैंकले शाखा विस्तार गरिसकेको छ । भने चौथो शाखा तनहूँको दमौलीमा खोलिएको छ । शाखा स्थापनासंगै सनराइज बैंक लमजुङमा नीजिस्तरबाट खुलेको सबभन्दा ठूलो बैंक भएको छ ।
बैंकले निक्षेप तर्फअकर्ष ६.५ प्रतिशतका दरले ब्याज दिने बताएको छ । साथै घर निर्माण तथा खरीद कर्जा, शैक्षिक कर्जा, साना तथा मझौला उद्यमी कर्जा लगायतका कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।

No comments:

Post a Comment