एक पटक पुग्नै पर्ने पुरानोकोट गाउँ हजुर
ऐतिहासिक महत्वको हाम्रो आफ्नै ठाउँ हजुर
संस्कृतिले धनी छ है घाँटु सर्ेगा रोदी हेर
ज्यूँदा गुरुङ रिवाजहरु हर्ेन लाई जाउँ हजुर
ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको लमजुङको पुरानोकोट गाउँका बारेमा उग्रताराका माथिको गजलका दर्ुइ शेर पुरानकोटको सामान्य परिचयका लागि काफी हुन्छन् ।
हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङ र पुरानोकोट क्षेत्र ग्रामीण पर्यटन विकास समितिको संयुक्त आयोजनामा जेठ १० र ११ गते आयोजना भएको र्'पर्यटन साहित्य यात्रा' का क्रममा दर्जनौं साहित्यकारहरुले पुरानोकोटको धार्मिक, ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्वका बारेमा आ-आफ्ना कविता, गीत, गजल तथा मुक्तक रचना गरी रचनास्थलमै बाचन गरे ।
प्राकृतिक सुन्दरताले भरिपर्ूण्ा लमजुङ जिल्लाका पर्यटकीय स्थलहरुमा पुगी त्यहाँको प्राकृतिक सौर्न्दर्य, स्थानीय संस्कृतिको बारेमा साहित्य सिर्जना गरी ती ठाउँहरुलाई साहित्यको माध्यमले प्रचार प्रसार गरी पर्यटन पर््रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ पर्यटन साहित्य यात्राको शुरुवात गरिएको आयोजक हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले बताए । प्रतिष्ठानले आगामी दिनमा घलेगाउँ, राइनासकोट, गिलुङ, पसगाउँ, सिउरुङ, दुराडाँडालगायतका पर्यटकीय क्षेत्रमा यस्तै साहित्य यात्राको आयोजना गर्ने जनाएको छ । साहित्य यात्राका क्रममा रचिएका रचनाहरुलाई पुस्तकको रुपमा तयार गरी देशका विभिन्न भागमा वितरण गरिने छ ।
र् पर्यटन यात्राका क्रममा झण्डै ९० जना साहित्यकारहरुको टोली वेठ १० गते बेसीशहरबाट उकालो लाग्यो । रानीकुवाबाट गाउँशहरसम्म मोटरमा गएपछि साहित्यकारहरुको टोली ऐतिहासिक लमजुङ दरबार, गाउँशहरको पात्लेगाउँस्थित काउलीपानी देवी मन्दिर, पुरानकोट गढीस्थित मौलादेवी मन्दिर, चण्डीदेवी मन्दिरको दर्शन गरी साँझ अबेर पुरानकोट पुगेको थियो । गाउँशहरस्थित तीनधारे आमा समूह, कालिका युवा क्लव, लमजुङ मा.वि, काउलीपानी शिरखोला आमासमूह, पात्ले, सयपत्री मिलन समूह पात्ले, काउलीपानी देवी संरक्षण समितिले लमजुङ दरबारबाट पात्लेसम्मका विभिन्न भागमा साहित्यकारहरुको स्वागत गरेका थिए । साथै पुरानकोटका सूर्योदय तमु युवा क्लव , गणेश मिलन आमा समूह, सुनसरी युवा क्लव, शिलादेवी आमा समूह, शिवा आमा समूह, ज्योति प्रगति युवा क्लव, जनचेतना आमा समूह, बुद्धमिलन आमा समूह, अमर ज्योति युवा क्लव, मालिका युवा क्लव, जलदेवी युवा क्लव र असल शासन युवा क्लवले पुरानकोटसम्मका विभिन्न ठाउँमा टीका, माला र खादा लिई साहित्यकारहरुको स्वागतमा बसेका थिए ।
साँझ गाउँकै एक घरमा स्थानीय बासीन्दा र साहित्यकारहरुको जमघट भयो । गाउँलेहरु सोरठी, घाँटु, चुड्का गीत र नृत्य प्रस्तुत गर्न थाले, साहित्यकारहरु पुरानकोटको प्राकृतिक सुन्दरता र त्यहाँको जीउँदो संस्कृतिको ब्याख्यासहितका कविता, गीत बाचन गर्न थाले ।
सुन्दरताले भरिपर्ूण्ा ठाउँ पुरानोकोट
जता हेर्यो उतै राम्रो गाउँ पुरानोकोट
ङोल्स्योहरु हाँसो र्छछन् बैंश ब्युँझाउँदै
लाग्छ जुनी वित्ने माया लाउँ पुरानोकोट
साहित्यकार आनन्द घिमिरेको यो गजलले पुरानकोटको बारेमा बुझन धेरैलाई सजिलो पार्छ । राती अबेरसम्म यो क्रम चलिरहृयो ।
११ गते विहानै पुरानकोटको थाप्लोबाट सूर्योदयको दृष्यावलोकनका लागि एक हुल
साहित्यकारहरु उकालो लागे । बाँकी गाउँमै बसी गाउँको ऐतिहासिकता र प्राकृतिक सौर्न्दर्यका बारेमा साहित्यिक रचना गर्न थाले । वरीष्ठ कवि मेदिनी सुवेदीले त्यहाँबाट देखिनेे सूर्योदय र सर्ूयास्तका बारेमा लेखेको कविता यस्तो थियो -
राम्रा पर्यावरण र कला पर्ूण्ा साहित्य यात्रा,
भर्दै भर्दै विकसित अझै गर्दथें विश्वयात्रा
भन्दै प्रातः समय रविले चेतना दिग्दिगान्त,
दिन्थे, अस्ताचल गइ दिँदा चित्त भैगो अशान्त
भेडीखर्के साइँलाको नामले विख्यात ठाडो भाकाको लोकगायक दर्ीघराज अधिकारीको ठाडो भाकाको गीतले पुरानोकोटका केटाकेटीदेखि तरुना तन्देरी, बुढाबुढी र त्यहाँ पुग्ने साहित्यकारहरुलाई पनि नाचौं नाचौं बनाइदियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका प्राज्ञ डा. तुलसी भट्टर्राई पनि मन्त्रमुग्ध भए ।
बयोबृद्ध कवि मेदिनी सुवेदी, यदुनाथ 'सरल', गोविन्द बहादुर कुँवर, विजयराज न्यौपाने, रामचन्द्र घिमिरे शास्त्री देखि युवा साहित्यकारहरु थकित यात्री, सागर उदास, आनन्द घिमिरेलगायतका साहत्यिकारहरुको कविता वाचनपछि साहित्य यात्रा पुनः पुरानकोटको थाप्लोतर्फउक्लियो । करीब २ घण्टा ठाडै उकालो हिँडेपछि पुरानकोटको थाप्लोमा भग्नावशेषका रुपमा रहेको ऐतिहासिक रानी दरबारमा बसी करीब २ दर्जनले साहित्यिक रचना वाचन गरेका थिए ।
यात्राको क्रमले उब्जाएका शारीरिक तथा मानसिक थकानको अन्त्य गर्न सहायक सिद्ध हुने ठाउँ र प्राकृतिक उपजको कवि विष्णुहरि घिमिरे यसरी भावनामा बहे ।
सधैं राम्रो हावा सरसर चिसो ग्रिष्म ऋतुको
चिसो धारापानी कलकल पिएँ प्यास वटुको
हुँदै काउलेदेवी चरण शिरको पर्खन सदा
पुरानाकोट थाप्लो बहुजन जुटे दर्शन हुँदा
र् पर्यटन यात्रामा गएका साहित्यकारहरुले पुरानकोटको ऐतिहासिकता धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्वका बारेमा मात्र साहित्य सिर्जना गरेनन्, त्यहाँका बासीन्दाको हार्दिकता, आत्मीयता र स्वागत सत्कार र मान सम्ममानका बारेमा पनि आ-आफ्ना रचनामा ढाले । त्यस्तैमा पर्छन्र्-र् इश्वर पाण्डे ।
पुरानकोटको हावा मीठो मीठो सर्ेगा घाँटु
अटल बन्यो यसको याद मन कसरी ढाटूँ
मन मिलेका बुबा आमा दिदीबहिनीहरु
सबको स्वागत पाउँदा मेले के खोजुँ र अरु
प्राकृतिक सम्पदाले भरिपर्ूण्ा पुरानोकोटको सौर्न्दर्यमा कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा. तुलसी भट्टर्राई पनि मख्ख परे । पर्यटकीय स्थलमा साहित्यकारहरुको यात्राले पुरानोकोट र लमजुङका अन्य यस्तै पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारमा उल्लेख्य सहयोग पुग्ने उनलेे बताए ।
समुद्री सतहबाट करीब २५०० मीटरको उचाइमा रहेको पुरानकोट प्राकृतिक दृष्याबलोकनका लागि अद्वितीय स्थान मानिन्छ । सफा मौसममा यहाँबाट गोरखा, तनहूँ, कास्की, चितवन लगायतका १४ वटा जिल्लाका भू-भाग देख्न सकिन्छ । लमजुङ हिमाल, माछापुच्छ्रे, अन्नपर्ूण्ा, मनासुलु, हिमालचुली, लगायतका १२ वटा हिमश्रृंखला नजिकबाट अवलोकन गर्न सकिने पुरानाकोटमा बाइसे चौविसे राज्यकालमा भग्नाबशेष दरबार, द्वापर युगमा मधुविलास ऋषिले तपस्या गरेको वहाडी गुफा, शिलादेवी, मौलादेवी, चण्डीदेवी लगायतका मन्दिर रहेका छन् ।
सुर्योदय र सर्ुयास्तको मनोरम दृष्यावलोकन गर्न सकिने पुरानकोट गढीबाट मर्स्याङदी, मादी, किरिञ्चे, पाँउदी, नाउदी लगायतका नदीनाला नागवेली आकारमा वगेको देख्न सकिन्छ ।
No comments:
Post a Comment