शैक्षिक सत्र सुरु भएको दर्ुइ महिना बित्न लाग्दा पनि लमजुङमा पाठ्यपुस्तकहरुको सहज आपर्ूर्ति हुन सकेको छैन । पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरु मर्कामा पर्दै आएका छन् । पाठ्यपुस्तकको अभावमा वद्यार्थीहरुको पठन पाठन प्रभावित हुँदै आएको छ ।
लमजुङ जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभावमा पठन पाठन समेत हुन सकेको छैन । पाठ्यपुस्तक पाइने आशामा दिनहूँ सयौं विद्यार्थी र अभिभावक सदरमुकाम आउने गर्दछन् तर पुस्तक नपाइ उनीहरु निराश भइ र्फकने गरेका छन् । अझ टाढा टाढाबाट आउने अभिभावक तथा विद्यार्थीहरु त पुस्तक पाइने आशामा कयौं दिनसम्म सदरमुकाममा बस्न बाध्य छन् ।
लमजुङ जिल्लामा प्रा.वि र निमावि तहका पाठ्य पुस्तक केही मात्रामा पाईए पनि माध्यामिक तहका पुस्तकहरुको पर्ूण्ातः अभाव छ । गाउँका विद्यार्थीले त पुस्तक पाएका छैनन् नै सदरमुकाम बेसीशहरका विद्यार्थीहरु समेत पुस्तक नपाएको गुनासो गर्छन् ।
पुस्तकको अभावमा शिक्षकहरुलाई समेत अध्यापन गराउन अप्ठेरो परिरहेको छ । सदरमुकामस्थित जनविकास उच्च माध्यामिक विद्यालयका प्राचार्य बुद्धिसागर बराल पुस्तकको अभावमा नमूना पुस्तक खोजेर त्यसैका आधारमा पठन पाठन गरिएको बताउछन् । बेसीशहरका झण्डै एक दर्जन पुस्तक पसलमा अहिले दिनहूँ सयौंैं विद्यार्थी तथा अभिभावक पुस्तक खोज्दै जान्छन् तर ब्यापारीहरु भने पुस्तक आएको छैन भन्दै फर्काउने गरेका छन् । बेसीशहरस्थित नमस्ते स्टेशनरीका प्रोपाइटर शान्ता श्रेष्ठ किताब छापिएर नआएका कारण पुस्तक नपाइएको बताउँछिन् । बेसीशहरका कुनै कुनै पुस्तक पसलहरुले ९ र १० कक्षाका १/२ वटा पुस्तक मात्र उपलब्ध गराएका छन् भने कतिपयले पुस्तक दिनै सकेका छैनन् । पसलेहरु भन्छन् - 'जनक शिक्षा सामाग्रीले छापेको पुस्तक काठमाडौंमै अपुग भएकाले काठमाडौं बाहिर पुस्तक नभएको हो । जसले छाप्नुपर्ने हो उसैले छापेर नदिए पछि हामी के दिने -'
No comments:
Post a Comment