असार ३ । प्रमुख तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका जिल्लास्तरीय नेताहरुको आ-आफ्नै हठका कारण लमजुङको जिल्ला परिषद स्थगित भएको छ ।
जेठ २८ र २९ गतेका लागि बोलाइएको जिल्ला परिषदको सबै तयारी पुरा भएको अवस्थामा परिषदमा बोलाईने अतिथिका विषयमा तीन दलका नेताबीच मतैक्य नहुँदा जिल्ला परिषद नै स्थगित भएको हो ।
जिल्ला परिषदमा पर्ूव सांसद र जिविसका पर्ूव सभापतिहरुलाई अतिथिको रुपमा बोलाउनु पर्ने कांग्रेस र एमालेको मतमा नेकपा माओवादीका नेताहरुले अस्वीकार गरेपछि यस्तो अवस्था आएको जिल्ला विकास समिति लमजुङका स्थानीय विकास अधिकारी दिनानाथ लम्सालले बताए ।
नेकपा माओवादीले यदि पर्ूव सांसद र पर्ूव सभापतिहरुलाई अतिथिको रुपमा बोलाइने भए जनयुद्धका क्रममा माओवादीले गठन गरेको समानान्तर सरकारका पदाधिकारीलाई पनि अतिथिको रुपमा बोलाउनु पर्ने अडान राखेको थियो ।
प्रमुख दलहरुबीच अतिथिको विषयमा विवाद भएपछि जिल्लास्थित र्सवदलीय संयन्त्र, कार्यालय प्रमुख र गाविस सचिवहरुको उपस्थितिमा परिषद गर्न आफूले राखेको प्रस्ताव पनि दलहरुले अस्वीकार गरेका स्थानीय विकास अधिकारी लम्सालले बताए ।
जिल्ला परिषदमा संविधानसभा निर्वाचनमा कम्तीमा १० प्रतिशत मत ल्याएका दलको १ दल १ प्रतिनिधि सहभागी हुन पाउने मन्त्री परिषदको निर्ण्र्ााछ । तर ७ दलको हकमा भने यो निर्ण्र्ाालागू नहुने प्रावधान छ । प्रावधान अनुसार नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र जनमोर्चा नेपालले मात्र परिषदमा भाग लिन पाउनेछन् । परिषद पर्ूव तयारी वैठकमा यी चार दलका प्रतिनिधि, संविधान सभाका सभासदहरु बुद्धिराम गुरुङ, पृथ्वीसुब्बा गुरुङ, डी.बी कार्की, हिमकुमारी बि.क, कल्पना धमला र लमजुङबाट प्रतिनिधित्व गर्ने माओवादी, कांग्रेस र एमालेका केन्द्रीय नेतालाई पनि परिषदमा अतिथिको रुपमा बोलाउने सहमति भएको थियो । तर पर्ूव सांसद तथा जिविस सभापतिहरुलाई बोलाउने विषयमा माओवादी सहमत नभएपछि वैठक नै स्थगित भएको थियो ।
No comments:
Post a Comment