scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, June 17, 2008

लमजुङ उद्योग बाणिज्य संघको साधारण सभा


लमजुङ, असार ३ । लमजुङ उद्योग बाणिज्य संघको २२ औं साधारण सभा आगामी असार ६ र ७ गते बेसीशहरमा हुने भएको छ ।
साधारण सभाले आगामी दर्ुइ बर्षा लागि नयाँ कार्यसमितिको चयन गर्नेछ । उद्योग बाणिज्य संघका अनुसार असार ६ गते उदघाटन सत्र र भोलिपल्ट कार्यसमितिको निर्वाचन हुनेछ । साधारण सभाको दिन आइपुग्नै लाग्दा जिल्लामा ब्यापारीहरुबीच चुनावी गर्मी बढेको छ । आगामी साधारण सभाबाट कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा ब्यवसायीहरुबीच सल्लाह र विचार मन्थन शुरु भएको छ ।
आगामी कार्यकालका लागि अध्यक्ष पदमा प्रमोद कुमार श्रेष्ठ र रामबाबु श्रेष्ठले सोमबार उमेदवारी दर्ता गराएका छन् । त्यस्तै ६ सदस्य पदका लागि १५ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरुमा पर्ूण्ालाल श्रेष्ठर्,र् इश्वरप्रसाद श्रेष्ठ, गुणराज सिलवाल, प्रेमलाल श्रेष्ठ, भरतकुमार श्रेष्ठ, मृगेन्द्र घिमिरे, राजेश थापा, रामकुमार श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, यादवबाबु श्रेष्ठ, लालबहादुर तामाङ, नन्दमान श्रेष्ठ, विकास श्रेष्ठ, बीरबहादुर घिमिरे र मोहनसिंह सुयल छन् ।
लमजुङ उद्योग बाणिज्य संघमा १९ सदस्यीय कार्य समिति रहन्छ । संघका ७ वटा इकाइका १/१ जना संयोजक संघको सदस्य हुन्छन् । उनीहरु संघको जिल्ला समितिको पदेन सदस्य हुने प्रावधान छ । बेसीशहर इकाइबाट अमृतकुमार श्रेष्ठ, खुदी इकाइबाट ध्रुव रावल, उदीपुर इकाइबाट धु्रबदेव जोशी, भोटेओडार इकाइबाट वीरेन्द्र श्रेष्ठ, सुन्दरबजार इकाइबाट आनन्द राज श्रेष्ठ, दर्ुइपिप्ले इकाइबाट भोला पौडेल र भोर्लेटार इकाइबाट प्रेमलाल श्रेष्ठ निर्वाचित भैसकेका छन् ।

No comments:

Post a Comment