लमजुङ, असार ३ । ' ए दिदी ! तपाइँले अहिले पानी कहाँबाट ल्याउने गर्नुभएको छ - हाम्रोमा त केही दिन अघिसम्म धारामा तुर तुर धमिलो पानी भने पनि आउँथ्यो तर अहिले त त्यो पनि आउन छोड्यो । पानीले पनि साह्रै दुःख पाइयो वा ।'
'हाम्रो पनि त्यस्तै हो, पल्लो घरबाट खानेपानी ल्याउँछु, भाँडा माझन र लुगाधुन आकासको पानी थाप्ने गरेकी छु ।'
बेसीशहरका गृहणीहरु प्रायः धेरैको मुखबाट हिजो आज यो सम्बाद सुन्न पाइन्छ । छिमेकी, दिदीबहिनी तथा साथीसंगीसंग यस्तै कुरा गरिरहन्छन् हिजो आज उनीहरु । के गर्नु धारामा पानी आउँदैन । घरधन्दा र चुलोचौकाका पूरै जिम्मेवारी लिनु पर्ने महिलाहरुलाई धारामा पानी नआएर यतिबेला हैरान भएको छ ।
सदरमुकाम बेसीशहरमा खानेपानीको समस्या करीब १ महिना यतादेखि बढेको छ । कसैको घरमा थोरै भए पनि पानी जान्छ तर अधिकांशको घरमा पानी गएको छैन । चैत्र बैशाखको खडेरीमा पनि खानेपानीका कारण दुःख नपाएका बेसीशहरका बासीन्दालाई बषर्ा शुरु भएपछि पानीको हाहाकार भएको छ । तर बेसीशहरमा खानेपानीको जिम्मा लिने बेसीशहर खानेपानी उपभोक्ता समितिले पानीको सहज आपर्ूर्ति गर्न सकेको छैन ।
बेसीशहर खानेपानी उपभोक्ता समितिका अनुसार बेसीशहरमा खानेपानी वितरण गर्नका लागि ५ वटा मुहानबाट पानी ल्याइएको छ । ल्याइएको पानी प्रति सेकेण्ड १७ लिटरको दरले बेसीशहरको ठूलो पँधेरास्थित ३ लाख ७० हजार लिटर क्षमताका विभिन्न ट्याँङ्कीमा जम्मा हुने गरेको छ । समितिले बेसीशहरका विभिन्न भागमा गरी १३ सय नीजि धाराहरु वितरण गरेको छ । समितिका उपाध्यक्ष गोपाल खातीका अनुसार केही दिन यता महभीर र लप्ले खोलाको पानीको मुहान बाढीका कारण क्षत्रि्रस्त भएकोलेे बेसीशहरमा खानेपानीको अभाव देखिएको हो । समितिले बेसीशहरमा खानेपानीको सहज आपर्ूर्तिका लागि पहल गरिरहेको खातीले बताउनुभयो । तर उपभोक्ताहरु भने समितिले खानेपानी आपर्ूर्ति गराउन तदारुकता नदेखाएको भन्दै विरोध जनाइरहेका छन् । उनीहरु भन्छन्- 'खानेपानी आउनुपर्ने धारामा हावा पनि आउन छोड्यो । बषर्ायाममा पनि खानेपानी आपर्ूर्ति गर्न नसक्ने समितिले हिउँदमा के गर्ला -'
No comments:
Post a Comment