scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, June 17, 2008

स्वास्थ्य केन्द्रहरुमा औषधीको अभाव

बेसीशहर- लमजुङका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथामिक स्वास्थ्य केन्द्रहरुमा औषधिको अभाव देखिएको छ । औषधिको अभावले स्थानीय गाउँका विरामीहरु स्वास्थ्य चौकीबाट लाभान्वित हुन सकेका छैनन् ।
पर्ूर्वी लमजुङको गौंडा गाउँ विकास समितिस्थित गौंडा प्राथामिक स्वास्थ्य केन्द्रमा करीब ८० प्रतिशत औषधीको अभाव रहँदै आएको छ । केन्द्रमा खोकी, दम, झाडापखला, घाउ खटिरा, टाइफाइड, टन्सिल, आँखा दुख्ने ज्वरो लगायत सरकारले दिने निःशुल्क औषधीको अभाव रहँदै आएको प्राथामिक स्वास्थ्य केन्द्रका अहेब बुद्धिबहादुर गुरुङ बताउँछन् ।
गुरुङका अनुुसार त्यहाँ लामो समयदेखि औषधीको अभाव छ । जसका कारण स्थानीयबासीहरु मेडिकल पसलहरुमा औषधी किन्न बाध्य छन् । स्थानीय बासीन्दा दीपिका गुरुङ भन्छिन्- 'प्राथामिक स्वास्थ्य केन्द्र नाम मात्रको छ । सामान्य रोगको पनि औषधी पाइँदैन ।'
केन्द्रका अनमि सीता पौडेलका अनुसार केन्द्रमा सुत्केरी गराउन पनि त्यतिकै समस्या छ । सुत्केरी गराउने छुट्टै कोठा र आवश्यक सामाग्रीको केन्द्रमा सधैं अभाव हुन्छ । प्याड, डेलिभरि किड, स्टीज सामान, डि्रपका सामानहरु नहुँदा सुरक्षित सुत्केरी गरउन स्वस्थ्य केन्द्रमा पनि अभाव हुने गरेको उनले बताइन् । प्राथामिक उपचार केन्द्रको यस्तो समस्याका कारण र्सवसाधारणहरुले घरमा नै सुत्केरी गराउने गरेका अनमि गुरुङले बताइन् ।
स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथामिक स्वास्थ्य केन्द्रहरुमा औषधीको अभाव खड्किँदा र सेवा सुविधा राम्रो नहुँदा निःशुल्क स्वस्थ्य सेवा दिने सरकारी कार्यक्रममाथि नै प्रश्न उठाउने प्रशस्त आधारहरु छन् । फेरि ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरु बिहान १० बजे मात्र खुल्ने र २ बजे नै बन्द हुने स्थितिले जनताले कत्तिको स्वास्थ्य सेवा पाउँछन् त्यो एक पटक सरकारी निकायले नै समीक्षा गर्नुपर्ने र्सवसाधारणहरु बताउँछन् । जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी त्रिलोकचन्द्र गुरुङ जनस्वास्थ्य कार्यालयमा प्रायः सबै किसिमका औषधी भएको बताउँछन् । स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथामिक स्वास्थ्य केन्द्रहरुले औषधीको अभाव हुँदा पनि माग नगरेकाले यस्तो समस्या देखिन सक्ने उनले बताए ।

No comments:

Post a Comment