scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, June 17, 2008

प्लाष्टिक र्सजरी शिविर शुरु


लमजुङ असार ३ । लमजुङ सामुदायिक अस्पतालमा आजबाट प्लाष्टिक र्सजरी शिविर शुरु भएको छ ।
बुधबार सम्म चल्ने शिविरमा ओठ चिरिएका, तालु फाटेका, छाला खुम्चिएका विरामीहरुको प्लाष्टिक र्सजरी गरी उपचार गरीने र औषधीसमेत वितरण गरिने बताइएको छ ।
शिविरका लागि काठमाडौं मोडेल अस्पतालका चिकित्सक टोली आएका छन् । १ जना र्सजन -शल्य चिकित्सक) सहित ५ जनाको चिकित्सक टोलीले आज बेलुकीसम्म करीब ५० जनाको स्वास्थ्य परीक्षण गरेको थियो । जसमध्ये २ जनाको सामान्य शल्यक्रिया समेत गरिएको बुझिएको छ । जटिल शल्यक्रियाका लागि केही विरामीलाई काठमाडौं बोलाइएको छ ।
यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा नौथर गाविस र इशानेश्वर गाविसको चिसंकुमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नौथरमा आयोजित स्वास्थ्य शिविरमा चारसय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधीसमेत वितरण गरिएको थियो । त्यस्तै चिसंकुमा आयोजित स्वास्थ्य शिविरमा करीब ९ सय स्थानीय बासीन्दाको स्वास्थ्य परीक्षण गरिएकोे त्यहाँबाट र्फकनुभएको जिल्ला सामुदायिक अस्पतालका वरिष्ठ मेडिकल अफिसर डा. जगन्नाथ तिवारीले बताउनुभयो ।
शिविरमा आएका विरामीमध्ये अधिकांशमा नशा रोग, ग्याष्ट्राइटिस-ग्याँस्टि्रक) र पेटसम्बन्धी रोग रहेको पाइएको डा. तिवारीले बताउनुभयो ।

No comments:

Post a Comment