scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, June 17, 2008

ब्रकेट कोइला बनाउन सहयोग


लमजुङ असार ३ । लमजुङको तार्कुघाट गाविस हर्रर्ााेटस्थित कटहरबारी सामुदायिक वन उपभोक्ता समूहलाई जिल्ला वन कार्यालय लमजुङले ब्रिकेट कोइला बनाउने कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको छ । महिलाहरुद्वारा सञ्चालित यो वन उपभोक्ता समूहका विपन्न महिलाहरुको आय आर्जनका लागि वन विकास कार्यक्रम अर्न्तर्गत ५० हजार रुपैयाँ बराबरको सहयोग गरिएको जिल्ला वन अधिकृत युवराज मास्केले बताउनुभयो । उक्त रकमबाट कोइला पिस्ने मेशिन, कोइला बनाउने साँचो र भवनको छानाका लागि खर्च गरिने समुहकी अध्यक्ष अम्बिका ओलियाले बताउनुभयो ।
महिलाहरुद्वारा संरक्षित कटहरबारी सामुदायिक वन ०६४ सालमा जिल्लाकै उत्कृष्ट घोषित भएको थियो । वन उपभोक्ता समूहले वनको कोषबाट बाटो निर्माण, सरसफाइ, खानेपानी योजना, विद्यालयलाई सहयोग, समूहका सदस्यको आयआर्जनमा सहयोगलगायत असाहयहरुको लागि पनि सहयोग गर्दै आइरहेको छ ।
बजारमा इन्धनको समस्या र महंगी बढीरहेको बेलामा खेर जाने घस्यौटा, बनमाराबाट उत्पादन हुने ब्रिकेट कोइलाले वैकल्पिक उर्जाको रुपमा प्रयोग हुने र विपन्न वर्गका महिलाहरुको आयआर्जन हुने भएकाले समुदायमा यसको ब्यवसायीक उत्पादन गर्ने उत्साह बढेको छ ।

No comments:

Post a Comment