बेसीशहर- जिल्लाको शिक्षा क्षेत्र अस्तब्यस्त भइ गम्भिर विक्रीतिहरु बढ्दै गएको भन्दै अखिल नेपाल शिक्षक संगठन लमजुङले चिन्ता जाहेर गरेको छ ।
संगठनले बेसिशहरमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चिन्ता र्सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा संगठनका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष ऋषिराम चापागाइँले जिल्लाभित्र शिक्षक नियुक्ति, सरुवा, बढुवा प्रक्रियामा ब्यापक बिकृति रहेका बताउँदै सट्टामा खेतला राख्ने र द्वन्द्धपीडितका नाममा विद्यालय नगई तलब भत्ता खाइरहने समस्या लमजुङमा अत्याधिक देखिएको बताउनुभयो । देशको शिक्षा पद्धति सिप, श्रम र उत्पादनसंग जोडिको हुनुपर्नेमा जोड दिँदै उहाँले शिक्षा क्षेत्रको सुधार भएमात्र अन्य क्षेत्रको सुधार हुने धारणा राखे ।
१२ बर्षो जनयुद्धका क्रममा जिल्लामा मारिएका ६ जना शिक्षक तथा वेपत्ता परिवारले राहत पाउनुपर्ने, जनयुद्धका क्रममा जेलनेल बसेका शिक्षकको त्यसबेलाको तलब उपलब्ध गर्राई उनीहरुको पदोन्नति गर्नुुपर्ने, स्व. शिक्षक गोविन्द बहादुर सार्कीको हत्याको छानवीन गरी हत्यारालाई कारबाही गरिनुपर्ने माग संगठनले राखेको उनले बताए ।
चापागाइँले पहुँच पुगेका शिक्षकहरु बर्षौदेखि घरपायक तथा सुगम ठाउँमा अध्यापन गराउँदै आएका बताउँदै त्यसबाट दर्ुगम ठाउँमा कार्यरत शिक्षकहरुलाई मर्का परेको बताए । त्यसको अन्त्यका लागि प्रत्येक ५/५ बर्षा शिक्षकहरुको सरुवा गरिनुपर्ने र सेवा अवधि ३० बर्षपुगेका शिक्षकहरुलाई अनिवार्य अवकाश दिइनुपर्ने संगठनले माग गरेको छ । यी र शिक्षासम्बन्धी विभिन्न माग पुरा नभए संगठन कडा आन्दोलनमा उत्रनेे पत्रकार सम्मेलनमा चेतावनीसमेत दिइएको थियो ।
No comments:
Post a Comment