पुरानकोट- अत्यन्त जर्ीण्ा र पुरानो टहरामा ८ वटा साँघुरा कोठा छन् । भत्केका झयाल ढोका भएका कोठामा भूइँभरि धुलो र फोहरमैला छ । सबै कोठामा पर्यप्त डेस्क, बेञ्च छैनन् । भूइँमा चकटी र गुन्द्री विच्छ्याइएको छ । जब स्कूलको घण्टी बज्छ, ठूला विद्यार्थीर्हरु कक्षा कोठामा कोचाकोच भएर बस्छन् । साना भने खेलमैदानमै खेलिरहन्छन् । झट्ट हर्ेदा पत्याउनै गाह्रो हुन्छ कि यो विद्यालय हो भनेर ।
२००८ सालमा पुरनाकोट गाविसको वडा नंं ६ मा स्थापना भएको सेवासदन माध्यामिक विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थी दर्ुइ बर्षता खुल्ला आकासमा पढ्न बाध्य छन् । न कुनै डेस्के बेञ्च छन्, न त कुनै कालो पाटी -ब्ल्याक बोर्ड) नै । जब पानी पर्छ, हावा हुरी चल्छ, ती विद्यार्थीहरुलाई विद्यालयले विदा दिने गरेको छ ।
विद्यालयका प्रधानाध्यापक र्सर्ूयकान्त खनालका अनसुार गत बर्षाट यस विद्यलयलाई प्रस्तावित मा.वि. बनाइए पछि विद्यालयमा यस्तो समस्या आएको छ । ४ स्थायी, २ अस्थायी र ७ नीजि श्रोतका गरी १३ जना शिक्षक/शिक्षिका कार्यरत छन् । करीब ३ सय विद्यार्थी अध्ययनरत यो विद्यालयमा अनगिन्ती समस्या रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालवीर गुरुङ भन्छन्- विद्यालयको भवन त छैन नै, खानेपानी, फर्निचर, विज्ञान प्रयोगशाला, खेलकुद सामाग्री र शौचालयको समेत अभाव छ । प्यास लागेमा विद्यार्थीहरु विद्यालयको पुछारमा रहेको खोल्साको कुवामा पुग्छन् । तारबार नभएकाले विद्यालय परिसरमा बेलाबखत चौपाय छिर्छन् र विद्यार्थी र शिक्षकलाई धपाउनैमा हैरानी पर्छ ।
प्राविको दरबन्दी मात्रै पाएको विद्यालय प्रस्तावित निमावि हुँदै अहिले माविमा परिणत भएको छ । प्राथामिक तहको पढाइका लागि निर्माण भएको भवनमा अहिले माध्यामिक तहको समेत पढाइ हुन थालेपछि समस्या बढ्दा छन् ।
पुरानकोटमा एउटै माध्यामिक विद्यालय नहुँदा त्यहाँका विद्यार्थीलाई २ घण्टा टाढा पर्ने सर्वोदय उच्च मावि चन्द्रेश्वर वा अन्नपर्ूण्ा मा.वि. नाल्मामा पुग्नुपर्ने बाध्यता थियो । गाउँका विद्यार्थीले भोग्दै आएको समस्या र गाउँमा बढ्दो विद्यार्थी संख्यालाई ध्यानमा राखेर गाउँमै माध्यामिक तहको पठन पाठन शुरु गरिएको अभिभावकहरु बताउँछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालवीर गुरुङ भन्छन्- 'भवन निर्माण तथा शिक्षक दरबन्दी थप गर्न जिल्ला शिक्षा कार्यालयमा पटक पटक धायौं तर कुनै सुनुवाइ भएन ।' ७ जना शिक्षकलाई स्थानीय गाउँलेले गाँस काटेर नीजि श्रोतमा तलब खुवाउँदै आएका छन् । स्थानीय गाविसले विकास अनुदान बजेटबाट कट्टा गरी दिएको बाषिर्क ३ लाख रुपैयाँले नपुगे पछि अभिभावकहरुले चन्दा, देउसी भैलो गरेर आर्थिक संकलन गर्ने गरेका छन् ।
गाउँका भू.पू.सैनिक, वैदेशिक रोजगारमा जानेहरु, गाउँका भलाद्मी र शिक्षाप्रेमीहरुले विद्यालयलाई आर्थिक सहयोग गरिरहेका छन् ।
No comments:
Post a Comment