scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, July 2, 2008

गर्भपतन गराउनेहरुको संख्या बृद्धि


बेसीशहर- गर्भपतनले कानुनी मान्यता पाइ जिल्लामा गर्भपतन गर्ने आधिकारिक निकायको व्यबस्थार् भए सुरक्षित गर्भपतन गराउनेको संख्या लमजुङमा बृद्धि भएको छ ।
जिल्लाको सदरमुकाम बेसीशहरमा मेरीस्टोप्स केन्द्र सञ्चालन भएपछि सुरक्षित गर्भपतन गराउनेको संख्यामा बृद्धि भएको हो । सुनौलो परिवार नेपालले गत कार्तिक देखि मेरीस्टोप्स मार्फ सुरक्षित गर्भपतन गराउन थालेपछि हालसम्म करिब ४ सय जनाले यस्तो सेवा लिएका केन्दले जनाएको छ । गर्भपतनका लागि २० देखि ४९ बर्षउमेरका महिलाहरु आउने गरेका केन्द्रको तथ्याङमा देखिएको छ ।
नेपालको कानुनले अहिले गर्भवती महिलाको स्वीकृतिमा १२ हप्ता सम्मको गर्भलाई पतन गराउन छुट दिएको छ । कानुनी छुट र गर्भपतन गराउने संस्था स्थापना भएपछि गर्भपतन सेवा लिन आउनेहरुको संख्या लमजुङमा बढेृको छ । सदरमुकामस्थित मेरी स्टोप्स सेन्टरमा गर्भपतन गराउन आउनेमध्ये २० देखि २५ बर्षउमेर समूहका महिलाहरुको संख्या बढी छ । लमजुङमा मेरी स्टोप्स सेन्टर गर्भपतन गराउने एक मात्र संस्था हो ।
सरकारले सदरमुकाम बेसीशहरस्थित सामुदायिक अस्पतालबाट १२ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्थासहित आवश्यक श्रोत साधन र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरेको छ । तर अस्पतालको दातृ निकाय मानव विकास तथा सामुदायिक सेवा-एचडिसिएस)ले बाइवलमा गर्भपतन निषेध गरिएको भन्दै गर्भपतन गर्न स्वीकृति नदिए पछि यो सुविधान अस्पतालले उपलब्ध गराएको छैन । जसका कारण महिलाहरु असुरक्षित गर्भपतनका लागि जिल्लाका विभिन्न नीजि क्लिनिक तथा जिल्लाबाहिरका स्वास्थ्य संस्थामा धाउन बाध्य थिए ।
अस्पतालले गर्भपतन सेवा नदिए पछि जिल्ला जनस्वास्थ्य कार्यालयको विशेष पहलमा मेरी स्टोप्स सेण्टर बेसीशहरमा खुलेको हो । सुनौलो परिवार नेपालले सुदूर पश्चिमको डडेलधुरा जिल्लामा स्थापना गर्ने तयारी गरेको सेण्टरलाई जिल्ला जनस्वास्थ्य कार्यालयको विशेष अनुरोधमा लमजुङमा स्थापना गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताए ।
मेरीस्टोप्समा गर्भपतन गराएको शुल्क १ हजार ३ सय ५० रुपैया लाग्ने गर्दछ । जिल्ला सामुदयिक अस्पतालले निःशुल्क यो सेवा दिने प्रावधान भएपनि हाल सम्म यो सेवा उपलब्ध गराएको छैन ।

No comments:

Post a Comment