बेसीशहर- याहाँस्थित मर्स्याङदी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको पठन पाठनका लागि बहस शुरु भएको छ ।
सदरमुकाम बेसीशहरस्थित मर्स्याङदी बहुमुखी क्याम्पसमा शनिबार आयोजित क्याम्पसको शैक्षिक गुणस्तर एंव स्तर बृद्धि बिषयक एक गोष्ठीमा जिल्लामा कहीँ पनि स्नातकोत्तर तहको अध्यापन नहुँदा जिल्लाका विद्यार्थीहरुलाई काठमाडौं पोखरा भौंतारिनुपर्ने भएकाले यथाशीघ्र जिल्लामै स्नातकोत्तर तह सञ्चालन हुनुपर्ने सहभागीहरुले जोड दिएका थिए । २०४७ सालमा स्थापना भएको मर्स्याङ्गदी क्याम्पसमा हाल स्नातक तह सम्मको पर्ढाई हुदै आएको छ ।
गोष्ठीमा स्नाकोत्तरको कक्षा संचालनको लागि आबश्यक पर्ूवाधार सम्बन्धमा क्याम्पस प्रमुख हरिबावू थापा र प्राध्यापक बालकृष्ण बरालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा स्नाकोत्तर संचालनको लागि आर्थिक, भवन, कम्प्यूटर, पुस्तकालय, प्रयोगशाला,, दक्ष व्यबस्थापन र यातायातको साधनको थप व्यबस्था हुनु पर्नेमा सहभागीले जोड दिएका थिए । सो अबसरमा हाललाई स्नातकोत्तर तह संचालन गर्न करिब ३५ लाख रुपैयाँको खर्च अनुमान गरिएकोे थियो । उक्त रकम बिद्यार्थी भर्ना शुल्क, सरकारी तथा गैरसरकारी संस्थाको अनुदान र चन्दा संकलनबाट पर्ूर्ति गर्न सकिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकरकान्त जोशीले बताए । लमजुङमा स्नातकोत्तरको पर्ढाई सञ्चालन भएमा गोरखा, तनहूँ र मनाङसमेतका विद्यार्थीहरु लाभान्वित हुने क्याम्पस प्रमुख हरिबाबु थापाले बताए ।
गोष्ठीमा समयको माग अनुुसार समाजशास्त्र र ग्रामिण बिकास लगायतका बिषयका कक्षा संचालन गर्न पनि सहभागीहरुले माग गरेका थिए ।
No comments:
Post a Comment