scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 8, 2008

हिमाचुलीको अधिवेशन

बेसीशहर असार २४ । हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङको अधिवेशन यही साउन ३ गते बेसीशहरमा हुने भएको छ ।
कला र साहित्यको उत्थान र विकासका लागि गत बर्षवैशाखमा जन्मिएको प्रतिष्ठानको यो पहिलो अधिवेशन हो । अधिवेशनको उद्घाटन वरीष्ठ साहित्यकार सरुभक्तले गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । प्रतिष्ठानका उपाध्यक्ष स्वर्गीय रमेशकुमार पियाको स्मृतिमा स्थापना गर्न लागेको पुरस्कारको विषयमा समेत अधिवेशनमा छलफल गरिने अध्यक्ष आनन्द घिमिरेले लमजुङ आवाजलाई बताए ।

No comments:

Post a Comment