बेसीशहर असार २४ - रोट्रयाक्ट क्लव अफ लमजुङको आयोजनामा शनिबारमा रक्तदान कार्यक्रम सम्पन भयो ।
बेसीशहरस्थित भिमसेनस्थानमा आयोजित कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । क्लवले रक्तदान कार्यक्रम गरेको यो दोस्रो पटक हो । कार्यक्रममा संकलित रगत जिल्ला सामुदायिक अस्पतालको रक्तसंचार केन्द्रमा राखिएको छ ।
सामुदायिक अस्पतालमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला विकास समिति, वर्ल्डभिजन लगायतका विभिन्न संघसंस्थाहरुको सहयोगमा रक्तसंचार केन्द्रको स्थापना गरिएको हो ।

No comments:
Post a Comment