बेसीशहर- लमजुङ उद्योग बाणिज्य संघको अध्यक्षमा प्रमोदकुमार श्रेष्ठ चयन हुनुभएको छ । गत असार ६ गते सम्पन्न साधारण सभामा उहाँ आफ्ना प्रतिद्वन्द्धी रामबाबु श्रेष्ठलाई १३ मतले हराउँदै विजयी हुनुभएको हो ।
साधारण सभाले पर्ूण्ालाल श्रेष्ठ, रामकुमार श्रेष्ठ, विकास श्रेष्ठ, राजेश थापा, मृगेन्द्र घिमिरे र गुणराज सिलवाललाई सदस्य निर्वाचित गरेको छ ।
साधारण सभापछि लमजुङ उद्योग बाणिज्य संघको शनिबार बसेको पहिलो वैठकले ४ जना सदस्य मनोनयन गरी कार्य विभाजन समेत गरेको छ । मनोनित सदस्यहरुमा मिलन शर्मा दनाई, रामचन्द्र ज्योति, सलिम मिया र ज्ञानहरि सापकोटा हुनुहुन्छ । सोही वैठकले प्रथम उपाध्यक्षमा पर्ूण्ालाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रामकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा धु्रवदेव जोशी, महासचिवमा मृगेन्द्र घिमिरे, उपमहासचिवमा राजेश थापा र कोषाध्यक्षमा गुणराज सिलवाललाई चयन गरेको छ ।
वैठकमा निवर्तमान अध्यक्ष चयनका विषयमा ब्यापक विवाद रहे पनि पर्ूव कार्यबहाक अध्यक्ष रामबाबु श्रेष्ठलाई निवर्तमान अध्यक्षमा चयन गरेको छ । विधानत पर्ूव अध्यक्ष निवर्तमान अध्यक्ष हुनुपर्ने भए पनि रमेश कुमार पियाको निधन भएपछि निवर्तमान अध्यक्ष कसलाई बनाउने भन्नेे विषयमा विवाद भएको श्रोतले बताएको छ ।
No comments:
Post a Comment