scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 8, 2008

सिउ“डीबार क्लव विजयी

भोटेओडार असार २४- गणतन्त्र स्थापना भएको खुशीयालीमा भोटेओडारमा आयोजित वडास्तरीय फुटवल प्रतियोगितामा स्युँडीबार युवा क्लव विजयी भएको छ ।
शनिबार भएको खेलमा स्युँडीबार युवा क्लवले ठाडो लाइन युवा क्लवलाई ४-१ ले पराजित गरी विजयी भएको हो । प्रतियोगितामा कृष्ण बगैंचा युवा क्लवले तृतीय स्थान हात पारेको छ भने वालुने टोल युवा क्लवले सान्त्वना स्थान प्राप्त गरेको थियो ।
प्रतियोगितामा वालुने टोल युवा क्लवका किशोर लामा उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगितामा भोटेओडार गाविसका १४ वटा टीम सहभागी थिए ।

No comments:

Post a Comment