scrolling news
Tuesday, July 8, 2008
भोटेवडार खुला दिसा मुक्त क्षेत्र घोषणा
भोटेवडार बालुचोक- यस गाविसको वडा नं. ८ र ९ वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय भविष्य निर्माण निमाविका विद्यार्थीहरुको सक्रियता, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लमजुङको उत्प्रेरणा, स्थानीय शिक्षक, अभिभावक, युवा क्लव र आमा समूहको सक्रियतामा गाउँका सबै घरमा शौचालय निर्माण भएपछि उक्त क्षेत्रलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो ।
घरमा शौचालय बनाउनर्ुपर्छ भन्ने चेतना जागेपछि लमजुङ त्यहाँका ४५ घरधुरीले हालै घर-घरमा शौचालय निर्माण गरेपछि खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सम्भव भएको हो । गाउँका ४ सय ७७ घरधुरीमध्ये ४ सय ३२ घरमा मात्र शौचालय थियो । 'विद्यार्थीहरुले गाउँ टोलमा शौचालय निर्माण गराउन गत चैतदेखि अभियान नै थालेका थिए । त्यसका लागि विद्यार्थीहरुले शौचालय निर्माणका लागि खाडल खनिदिनेसम्मका काम गरेका थिए । फलस्वरुप गाउँलेहरुमा चेतना आयो र उनीहरुले घरघरमा शौचालय निर्माण गरे'- खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर कमल अर्यालले भने ।
घरमा शौचालय निर्माण गर्नुपर्छ भन्ने चेतना जागृत भएपछि स्थानीय बासीन्दाले स्वतस्फर्ूत रुपमा घरघरमा शौचालय निर्माण गरेका हुन् । त्यहाँकी एक सुकुम्बासी महिलालले बिबाहमा दाइजो पाएको गहना बेचेर शौचालय निर्माण गरेकी छन् ।
सो गाविसको वडा नं. ८ की जीतमाया मगरले बिबाहमा माइतीले दिएको माडवारी, बेचेको ६ हजार, अधियाँ पालेको एउटा बाख्रो बेचेर ३२ सय र मजदुरी गरेर कमाएको ८ सय रुपैयाँ गरी १० हजार रुपैँयाँ लागतमा शौचालय निर्माण गरेकी हुन् ।
०६४ चैत्र सम्म त्यस क्षेत्रका ४५ घरमा शौचालय थिएन । खुल्ला ठाउँमा दिसा पिशाव गर्दा हुने बेफाइदाका बारेमा विद्यार्थीहरुले गाउँलेहरुलाई सचेत गराएपछि साढे दर्ुइ महिनामै ४५ घरले पनि शौचालयको निर्माण गरेका हुन् । भोटेओडार गाउँ विकास समितिको वडा नं. ८ र ९ क्षेत्र अहिले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ । ती वडाका ४ सय ७७ घरधुरी सबैमा अहिले शौचालय निर्माण कार्य भएको छ । प्रत्येक घरमा शौचालय निर्माण भएपछि उक्त क्षेत्रलाई एक समारोहको आयोजना गरी खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो । सो गाविसको पूरै क्षेत्रलाई चालु आर्थिक बर्षो अन्तसम्ममा र जिल्लाका अन्य ९ वटा गाविसलाई विसं. २०६६ सम्ममा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर भोज विक्रम थापाले बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, भविष्य निर्माण निम्न माध्यामिक विद्यालयको नेतृत्व र विभिन्न आमा समूह, बाल समूह, युवाक्लवको संयुक्त पहलमा उक्त क्षेत्रलाई खुल्ला दिसा मुक्त क्षेत्र बनाउन सम्भव भएको हो । भोटेओडार गाउँ विकास समितिको फेदीकुनामा एक समारोहबीच क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालय पोखराका निर्देशक विनोदचन्द्र झाले उक्त क्षेत्रलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेका थिए । कार्यक्रममा प्रजिअ हरिकृष्ण उपाध्याय, स्थानीय विकास अधिकारी दिनानाथ लम्साल, निमित्त जिशिअ देवेन्द्र खनाल, खानेपानी कार्यालयका प्रमुख भोजविक्रम थापा, नेकपा माओवादी क्षेत्र नं. २ का इन्चार्ज देवेन्द्र पौडेल, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद कुमार श्रेष्ठ, वर्ल्ड भिजनका टिम लिडर सुरेन्द्रबाबु ढकाललगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा अभियानमा शौचालय निर्माण गर्ने ४५ घरलाई प्रोत्साहनस्वरुप १/१ हजार नगद र प्रमाण पत्र दिइएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment