scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 8, 2008

लमजुङ कांग्रेसले घर किन्यो


बेसीसहर असार २४ - नेपाली कांग्रेस लमजुङले पार्टर्ीीार्यालय सञ्चालनका लागि घर खरिद गरेको छ । बेसीशहरको त्रिवेणी टोलमा रहेको रामप्रसाद वाग्लेको घर केही दिन अघि ३२ लाख रुपैयाँमा खरिद गरिएको हो ।
अन्तरिम ब्यवस्थापीकाका सांसद द्वय रामबहादुर गुरुङ र हरिभक्त अधिकारीले निर्बाचन क्षेत्र बिकास कोष अर्न्तर्गत पाउने १०/१० रुपैयाँबाट आएको रकम पार्टर्ीीार्यालयको भवन खरिदमा खर्च गरिएको हो । २० लाख मध्ये एक/एक लाख रुपैया भने प्रशासनिक तर्फखर्च गरिएको बताइएकोछ ।
ब्यवस्थपीका संसदका सांसदहरुले पाउने रकम सरकारले आर्थिक बर्षो अन्तमा निकासा गरेपछि विकास निर्माणमा खर्च गर्दा सम्झौता गरी खर्च गर्न नभ्याइने कारण पार्टर्ीीार्यालय खरीदमा खर्च गरिएको नेपाली कांग्रेस लमजुङले जनाएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम असार मसान्त भित्र खर्च गरिसक्नु पर्नेर् प्राबधान छ । नेपाली काग्रेसले उक्त रकमबाट खरीद गरिएको पार्टर्ीीार्यालय भवनलाई 'बिपी स्मृती भवन' को नाम दिएको छ । सोमबार पार्टर्ीीार्यालयमा आयोजित पत्रकार सम्मलेनमा पार्टर्ीी जिल्ला सभापति तुलसीनारायण श्रेष्ठले यो कुरा बताएका थिए ।
जिल्ला बिकास समिति मार्फ आउने सो रकममध्ये एक लाख रुपैया प्रशासनिक खर्च गरी बाँकी निर्बाचन क्षेत्रका विविध बिकास कार्यक्रममा खर्च गर्नु पर्ने प्राबधान छ । तर उक्त रकमबाट पार्टर्ीीार्यालय भवन खरिद भएकोमा यसका आलोचना पनि भएको छ ।
नागरिक समाज लमजुङका अध्यक्ष बालकृष्ण बराल बिकास निर्माणको लागि आएको सरकारी रकमको दुरुपयोग भएको बताउँछन् । तर उक्त रकम निकासा गर्ने स्थानीय बिकास अधिकारी दिनानाथ लम्साल भने सांसदले आफू खुशी कार्यक्रम बनाई रकम खर्च गर्न पाउने नियम रहेकालेे र पार्टर्ीीार्यालय पनि राष्ट्रिय सम्पत्ती हुने भएकाले दुरुपयोग भएको भन्न नमिल्ने बताउँछन् ।

No comments:

Post a Comment