scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 8, 2008

शैलुन खोलेर उदाहरण प्रस्तुत गरिन् लक्ष्मीले


तार्कुघाट- पुरुषहरुले समेत गर्न हिच्किचाएको शैलुनको काम महिलाले गर्नु चानचुने कुरो होइन । तर त्यो चुनौतिलाई सहजै स्वीकार गरेर एक ग्रामीण महिलाले उदाहरण प्रस्तुत गरेकी छन् ।
ती उदाहरणीय महिला हुन्- लमजुङको तार्कुघाट गाउँ विकास समिति वडा नं. ९ नमुनाबेसीकी लक्ष्मी श्रेष्ठ । नेपाली समाजमा पुरुषहरुले समेत गर्ने आँट नगरेको शैलुनको व्यवसाय शुरु गरेर उनले उदाहरण प्रस्तुत मात्र गरेकी छैनन्, पढे लेखेर बेरोजगार बसीरहेका सयौं युवा शक्तिलाई राम्रो पाठ सिकाएकी छन् ।
महिला आपसी सहयोग केन्द्रको सहयोगमा उनले शैलुन खोलेकी हुन् । केन्द्रको सहयोगमा गत भदौदेखि माघसम्म ६ महिनासम्म उनले हेयर कटिङको तालिम लिएकी थिइन् । तालिम पश्चात ब्यवसायीक बन्ने लक्ष्य राखेर उनले तार्कुघाट बजारमा शैलुन सञ्चालन गरेकी हुन् । महिलाहरुले केही पनि गर्न सक्दैनन्, भन्ने समाजलाई केही फरक काम गरेर देखाउने इच्छा भएको बेला तालिम लिन पाएपछि उनी आफ्नो सपना साकार भएको बताउँछिन् । लक्ष्मीलाई प्रोत्साहन स्वरुप महिला आपसी सहयोग केन्द्रले शैलुनका सामाग्री खरिद गर्न १० हजार रुपैयाँ सहयोग समेत गरेको संयोजक दानाप्रसाद अधिकारीले बताए ।
लक्ष्मीले यही असार २० गतेबाट शैलुन शुरु गरेकी हुन् । उनले शैलुनको नाम कर्मदा हेयर एण्ड थे्रडिङ शैलुन राखेकी छन् । स्थानीय विरभक्ति उच्च माविका शिक्षक चिजकुमार श्रेष्ठ र महिला आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक दानाप्रसाद अधिकारीले संयुक्त रुपमा लक्ष्मीको शैलुनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा उपस्थित सबैले लक्ष्मीको कामको तारिफ गर्दै अन्य महिलाहरुले पनि लक्ष्मीको सिको गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । महिला आपसी सहयोग केन्द्रले सेभ द चिल्ड्रेन नर्वे र युसेप भक्तपुरको सहयोगमा महिलाहरुलाई तालिम दिएको हो । संस्थाले जिल्लाका विकट गाउँका महिलाहरुमध्ये ३ जनालाई प्रेस अपरेटर, २ जनालाई जनरल मेकानिकल्स र १ जनालाई अटोमोबाइल सम्बन्धी तालिम दिइरहेको छ । अटोमोवाइल तालिम लिइरहेकी भारतेकी रुपिन गुरुङले मोटर चलाउने अठोट लिएकी बताइएको छ ।

No comments:

Post a Comment