उदीपुर- समाजलाई सकरात्मक दिशातर्फडोर्याउने उद्देश्यले यस गाविसको वडा नं. ७ नयाँ गाउँमा क्रे्हेंमे टोल सुधार समिति गठन भएको छ ।
र् हर्क जंग गुरुङको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विक्रम गुरुङ, सचिवमार् इन्द्र गुरुङ, कोषाध्यक्षमा कमला गुरुङ र सदस्यहरुमा क्रमशः चित्र गुरुङ, सुमन गुरुङ, बुद्धिमान गुरुङ, गौमाया गुरुङ र राजकुमार मजाकोटी रहेका छन् ।
समितिले सामाजिक कुरीतिका विरुद्ध लड्ने, गाउँका बालबालिकाहरुलाई अतिरिक्त समयमा पठन पाठन गर्राई उनीहरुमा ज्ञान अभिबृद्धि गराउने, गाउँका अशिक्षित महिलाहरुलाई निःशुल्क पठन पाठन गराउने, गाउँमा र्सार्वजनिक वाचनालयको स्थापना गरी स्थानीयबासीलाई अध्ययनमा रुची जगाउने लगायतका काम गर्ने लक्ष्य लिएको समितिका अध्यक्ष हर्कजंग गुरुङले बताए ।
यसका अतिरिक्त समितिले गाउँको विद्यालयमा पुस्तकालयको व्यवस्था गर्ने, गाउँमा प्रत्येक हप्ता सरसफाई कार्यक्रम आयोजना गर्ने, युवा पुस्तालाई आफ्नो भाषा र संस्कृत्रि्रति सचेत बनाउन विशेष कक्षा सञ्चालन गर्ने, गाउँमा पत्र पत्रिकाको व्यवस्था गरी गाउँलेहरुलाई राष्ट्रिय तथा स्थानीय क्षेत्रमा हुने राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रको जानकारी गराउन पहल गर्ने अध्यक्ष गुरुङले बताए ।
No comments:
Post a Comment