दूधपोखरी- धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरी धाममा जनैपूणिर्माका अवसरमा दशनार्थीहरुको घुँइचो लाग्यो ।
शिव, पार्वती र गणेशको वासस्थानको रुपमा पुजनीय दूधपोखरीमा हरेक बर्षजनैपूणिर्मामा हजारौं श्रद्धालु भक्तजनहरु नुहाउन रपूजा गर्न जाने गर्छन् । मानव वस्तीबाट निकै टाढा रहेको यो स्थानसम्म पुग्न सदरमुकाम बेसीशहरबाट ३ दिनको यात्रा पछि मात्र पुग्न सकिन्छ । चेपे नदीको उद्गमस्थल र लमजुङ र गोरखाको सिमानामा पर्ने दूधपोखरी आफ्नो विशिष्ट पहिचानका कारण तर्ीथयात्रीहरुको अकर्षा बनीरहेको छ । यहाँ गएर नुहाउन सके सम्पर्ूण्ा पापबाट मोक्ष हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास रही आएको छ।
प्रचार प्रसारको अभावले जाने बाटो समेत स्पष्ट नभएको दूधपोखरीमा यस बर्षभने लमजुङ, तनहूँ, गोरखा, चितवानलगायतका गरी झण्डै २ हजार ५ सय तर्ीथयात्रीले दर्शन गरी नुहाए । यहाँ नुहाउन सके काशी जान नपर्ने धार्मिक विश्वास रही आएको छ । साथै मनमा पाप पाल्ने ब्यक्ति दूधपोखरी पुग्नै नसक्नेसमेत जनविश्वास छ ।
धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको भए पनि दूधपोखरीको संरक्षणमा कुनै निकायले चासो दिएको छैन ।
No comments:
Post a Comment