scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, August 20, 2008

प्रचण्डको भक्तिमा मदिरा त्याग !


बेसीशहर- गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा पुष्प कमल दाहाल 'प्रचण्ड' निर्वाचित भएको उपलक्ष्यमा एक जनाले मद्यपान त्याग गरेर भक्तिभाव प्रकट गरेका छन् ।
समिभन्ज्याङ गाविस वडा नं. ८ का हरिराज पराजुलीले अव मद्यपान नगर्ने घोषणा गरेका हुन् । ४० बषिर्य पराजुली पेशाले शिक्षक हुन् । उनी स्थानीय भवानी प्रथामिक विद्यालयमा पढाउँछन् ।
नेपालीले अव केहि गर्ने वेला आएको छ भन्दै उनले नयाँ नेपाल निर्माणमा सहयोग पुर्‍याउन अब उप्रान्त मद्यापान नगर्ने प्रतिवद्धता जनाएका छन् । विगतमा कुलतमा फसे पनि अझै पनि केही गर्ने सकिन्छ भन्दै उनले आफ्ना साथीहरुलाई समेत मदिरा सेवन नगर्न आग्रह गरेका छन् ।

No comments:

Post a Comment